२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
एकता कि विभाजन ?

एमालेका दुई समुहकाे बैठक बस्दै के हाेला ओखलढुंगामा ?

Thumbnail
  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- एमालेका दुवै समुहकाे वैठक बस्दैछ । माधव नेपाल समुहकाे विहान ११:३० बजे जिल्ला समन्वय समितिकाे हलमा शुरु भएकाे छ । त्यस्तै ओलि गुटकाे नेकपा एमालेकाे जिल्ला कार्यालयमा १ बजे राखिएकाे छ ।

    एकता पक्षधरले २०७५ जेठ २ मा  फर्किन र साेही कमिटिकाे वैठक राख्न पहल गरे पनि देशभर याे अभ्यास हुन सकेकाे छैन । ओलि समुहकाे नेकपा कालीन समानान्तर कमिटिले बैठक बाेलाएकाे छ ।

    ‌साे समुहले एमालेका तत्कालीन पदाधिकारी हटाएर जिल्ला सदस्यबाट कमिटि बनाएपछि एमालेका बहुमत जिल्ला सदस्यले उपाध्यक्ष नेत्र भट्टराइकाे अध्यक्षतामा  अर्काे कमिटी बनाएका थिए । याे नेपाल निकट कमिटी हाे ।

    नेपालले पार्टी दर्ताकाे निवेदन दिएकाे जिल्ला इञ्चार्ज यज्ञराज सुनुवार एकता अभियानमा लागेकाे सन्दर्भमा उनी सँगकै परामर्शमा एकतामा  कसरी अघि बढ्ने अथवा ओलि समुहले नमानेमा के गर्ने भन्नेबारेकाे नीति अख्तियार गर्न आज छलफल राखेकाे थियाे ।

    साे लगत्तै ओलि गुटले पनि जिल्ला कमिटी वैठक भनेर बाेलाएकाे छ । माेहनकुमार श्रेष्ठ जिल्ला अध्यक्ष भए पनि उनले समेत सचिवालय सदस्य केदारवाबु वस्नेतलाई अध्यक्ष स्वीकारेकाे, जिल्ला इञ्चार्ज यज्ञराज हटाएर केन्द्रले किशाेर अधिकारी ल्याएकाे अवस्थामा केन्द्रकाे निर्देशन नभइ इञ्चार्ज र अध्यक्ष मिलाउन नसकिने ओलि समुहका नेता श‌ंकर कट्वालले बताए । हेर्दा सहज देखिए पनि केन्द्रले नभनि केही नहुने उनकाे बुझाइ छ ।उनी निर्वाचित सचिव हुन् । हाल साे गुटकाे सचिव तीर्थ सुवेदी छन् ।

    माधव समुहकाे वैठकमा संसाद यज्ञराज सुनुवारले एकता अभियान र यसकाे औचित्यबारे सम्बाेधन गर्नेछन् भने जेठ २ कार्यन्वयनबारे ओलि गुटसँग कसरी छलफल गर्ने र तयार नभएमा के गर्ने भन्ने निर्णय लिने बताइएकाे छ ।

    ओलि गुटका नेताहरुले भने अनाैपचारिक कुराकानीमा ईञ्चार्ज र जिल्ला अध्यक्ष हटाएर अरु कमिटी समायाेजन गर्दा मात्र मिल्ने बताउन थालेका छन् । उनीहरुले यज्ञराज सुनुवारलाई हटाएर किशाेर अधिकारीलाई इञ्चार्ज बनाएर जेठ २ कार्यन्वन गर्न महासचिव इश्वार पाेखरेलसँग लविङ गरिरहेकाे बुझिएकाे छ ।

    यस्ताे परिस्थितिमा ओलि समुह जेठ २ कार्यन्वयन पूर्ण  गर्न तयार नुहँदा  एकता हुने संभावना टर्दै गएकाे कार्यकर्ताहरुकाे बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस