२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

एमालेकाे विस्तारित बैठकमा यज्ञराजकाे सम्बाेधन, के भने सम्बाेधनमा ?

  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले (माधव समुह) जिल्ला कमिटीकाे विस्तारित बैठकमा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले सम्बाेधन गरेका छन् । भर्चुअल सम्बाेधन गरेका उनले जिल्लाका सबै नेता कार्यकर्ताकाे भावना समेटेर निचाेड निकाल्न आग्रह गरे ।

     

    उनले अहिले एकता पक्षधरहरुसँग केपी ओलिसँग बार्ता भइरहकाे र निचाेड आइनसकेकाे भन्दै उनले  सबै कार्यकर्ताकाे भावना अनुसार अघि बढ्ने प्रतिवद्धता जनाए । उनले अहिलेकाे ७२ घण्टा कम्युनिष्ट आन्दाेलनकाे लागि निकै कठिन अवस्था भनेका छन् ।

     

    एकताकाे अन्तिम प्रयास भइरहेकाे उनकाे भनाइ छ । एमालेले जिल्ला कमिटीकाे बैठकबाट एकताका लागि छलफल गर्न कार्यदल बनाएर अघि बढ्ने तयारी गर्ने गरेकाे बताइएकाे छ । अहिले बैठक चलिरहेकाे छ ।

    जिल्ला कमिटीमा ओलि समुहकाे अराजकताका विरुद्ध एकजुट भएर लड्नु पर्ने आवाज चर्काे रुपमा उठेकाे छ ।

    प्रतिक्रिया दिनुहोस