२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

अखिल (क्रान्तिकारी) ओखलढुंगाकाे सम्मेलन: काे काे भए पदाधिकारी ?

  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- अखिल क्रान्तिकारीकाे आठाैं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ‘अग्रगमन र परिवर्तनको पक्षमा हाम्रो आन्दोलन, वैज्ञानिक र समाजवादी शिक्षाको पक्षमा ८ औं जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित जिल्ला समन्वय समितिकाे सभा हलमा भएकाे अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे छ ।

    अध्यक्षमा सुशान्त लामा  निर्वाचित भएका छन् । शनिवार सम्पन्न ८ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा लामा सर्वसम्मत निर्वाचित भएका हुन् ।सम्मेलनले लामा अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटी निर्माण गरिएको छ ।

    प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्दै अखिल क्रान्तिकारी, केन्द्रीय कमिटी उपाध्यक्ष पन्चा सिंहले शिक्षा क्षेत्रमा देखिएको अनियमिततालाई चिर्नेतर्फ अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्ने बताइन्।

    उनले भनिन्, ‘अनेरास्ववियू (क्रान्तिकारी) यो देशको शैक्षिक आन्दोलनमा पृथक् इतिहास बोकेको संगठन हो। प्रतिगमनको आन्दोलनमा प्रमुख भूमिका खेलेको छ। अबको अभिभारा पुनः शैक्षिक क्षेत्रमा व्याप्त अनियमिततालाई चिर्ने हुनेछ।’ अबको विद्यार्थी आन्दोलन माओवादी केन्द्रले लडेर ल्याएको अधिकारलाई बचाउने तर्फ सबै युवा, विद्यार्थी लाग्नु पर्नेमा उनकाे जाेड छ ।

    जिल्लाको प्रत्येक माविबाट प्रतिनिधित्व हुने गरि कमिटी बनाइएको अध्यक्ष लामाले बताए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चम्बु फुयालको अध्यक्षतामा भएको सम्मेलनमा अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी उपाध्यक्ष पन्चा सिंह प्रमुख अतिथी थिइन् ।

    अन्य अतिथिहरुमा माओवादी केन्द्रका  प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज बाबुराम गौतम, प्रदेश  सांसद तथा जिल्ला अध्यक्ष माेहनकुमार खड्का, सङ्ठनका प्रदेश संयाेजक मदन भट्टराई,  प्रदेश सह सम्योजक सुमन थुलुङ, ओखलढुंगा इन्चार्ज सङ्कर तिमिल्सिना लगायत जिल्ला नेताहरुको उपस्थिति थियाे ।

    यी हुन् पदाधिकारी

    अध्यक्ष – शुसान्त लामा

    उपाध्यक्ष- अनुषा लुइँटेल

    उपाध्यक्ष- सुरेश खड्का

    उपाध्यक्ष-  सुमन घिमिरे

    सचिव – अबिनास कार्की

    सह-सचिव – सुनिता परियार

    सह-सचिव – बलराम गौतम

    सह-सचिव – निरुता कट्वाल

    कोषाध्यक्ष- प्रतिमा लुइँटेल

    प्रतिक्रिया दिनुहोस