२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

एमाले दक्षिणपन्थ र विसर्जनकाे बाटाेमा: नेता भट्टराई

  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीका नेता नेत्रप्रसाद भट्टराईले कम्यूनिष्ट आन्दाेलनकाे मूल प्रवाहका रुपमा नेकपा एकिकृत समाजवादी स्थापित हुने दावी गरेका छन् ।

    उनले एमालेलाई केपी ओलिले दक्षिणपन्थ र विसर्जनकाे बाटाेमा पुर्याएकाले एकिकृत समाजवादी गठन गरेर कम्युनिष्ट आन्दाेलन पुनर्गठनकाे बाटाेमा अघि बढेकाे बताए  ।

    जिल्ला कार्यालयकाे शुभारम्भ गर्दै भट्टराईले भने, याे विभाजन हाेइन विद्राेह र आन्दाेलनकाे पुर्नगठन भएकाे छ, ओखलढुंगामा कम्युनिष्ट आन्दाेलनकाे मूल प्रवाह नेकपा एकिकृत समाजवादी हुन्छ ।’ नेता भट्टराईकाे नेतृत्वमा पार्टी कार्यालय शुभारम्भ गरिएकाे छ ।

    साेही कार्यक्रममा पत्रकारहरुमाझ उनेले यस अघि नेकपा कालीन माधव समुहकाे जिल्ला समिति अब पार्टीका रुपमा रुपान्तरण हुने र पार्टीमा नआउनेहरुका ठाउँमा पदपूर्ति गरिने पनि बताए ।

    विज्ञप्ति जारी गर्दै भट्टराईले यस अघि एमालेकाे दुइ समुहबीचकाे एकता तथा नयाँ रणनीतिबारे सुझाव दिन गठित समितिले काम नगरेकाले विघटन भएकाे बताए । उक्त समिति एमालेका केन्द्रिय सदस्य तथा सा‌ंसद यज्ञराज सुनुवार समेतले भर्चुअल विधिबाट सम्बाेधन गरेका थिए । उनकै राय अनुसार गठित समितिले काम नगरेकाे भन्दै विघटन भएकाे बताइएकाे छ ।

    नेकपा एमालेले ०७५ जेठ २ काे बै७क बाेलाएकाे पूर्वसन्ध्यामा माधव नेपाल पक्षधर कमिटीले भने एकिकृत समाजवादीकाे पार्टी कार्यालय नै शुभारम्भ गरेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस