२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, याे ‘उन्मुक्त हाँसाे’ले दिन सक्ला खुसी ?

  • २०७८ भाद्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले विधी र पार्टीकाे विधान तथा महाधिवेशनकाे कार्यदिशा कार्यन्वयनकाे सन्दर्भमा भएकाे विवादले विभाजनकाे बाटाेमा धकेलियाे । एमाले एकता अभियानकाे नेतृत्व गरेकाे तेस्राेधारले जेठ २ सा‌ंगठानिक संरचनाकाे जगबाट समाधान खाेज्ने अडान राखेकाे थियाे ।

    यही अडानका आधारमा १० बुँदे सहमति गरेर युवा नेताहरुले माधव नेपालकाे समुह छाडेका थिए । यही कार्यन्वयन गर्न जिल्लामा सर्कुलर पनि  आयाे । धेरै ठाउँमा बैठकै बस्न नसके पनि ओखलढुंगामा जेष्ठ २ अघिकाे बैठक बस्याे । यही बैठकका शीर्ष नेताहरुकाे उन्मुक्त हाँसाे देखिने केही थान फाेटाहरु फेसबुकमा हालेर एमाले एकताकाे सन्देश दिन खाेजिएकाे छ ।

    याे फाेटाेकाे हाँसाे हेर्दा अब एमालेमा कुनै समस्या नै छैन भन्नेजस्ताे भान पर्छ । बैठकले केही निर्णय गरेर  एमाले र जनवर्गीय संगठनहरुकाे पूर्ववत् कमिटीले काम गर्ने भनेर निर्णय गर्याे ।

    जेठ २ कार्यन्वयनमा समस्या आएमा समाधन र सहजीकरण गर्न एमाले ओखलढुंगाका अध्यक्ष माेहनकुमार श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय समिति बनायाे । साविक २० सदस्यीय सचिवालयलाई २६ बनाएर कार्यकारी निर्णय गर्ने थलाे बनाइयाे ।

    पालिका स्तरमा तत्कालीन अवस्थामा संयाेजक र सहसंयाेजक मात्रै ताेकिएकाे थियाे । अव पालिकाका सबै काम गर्न साेही टिममा पालिका भित्रका सबै जिल्ला कमिटी सदस्य अनिवार्य हुने गरि निर्णय गर्ने आधार तय गरेर सर्कूलर जारी गरिएकाे छ । संभवत् यसलाई असाेज ६ गते भित्रकाे कार्यादेश छ ।

    नेताहरुकाे ‘उन्मुक्त हाँसाे’ एकताकाे सन्देश मात्रै दिने  प्राविधिक मात्रै हाे या आम एमाले जन र मतदाताकाे खुसी जाेड्न सक्छ वा ‘देखावटी नाटक’ विस्तारै पर्दा खुल्दै जानेछन् ।

    याे प्रयासलाई हेर्दा जेठ २ कार्यन्वयन हुने बाटाेमा गएकाे हाे भन्ने आधार त तय भएकाे छ । तर, याे भन्दा भित्री पाटाेलाई केलाउँदा एमालेलाई एकताका नाममा विचार शून्य, लेनीनबादी संगठानात्मक सिद्धान्तच्यूत र बुर्जुवाहरुकाे समुहमा रुपान्तरण गर्ने दरिलाे जग पनि खडा गरिएकाे छ ।

    याे बैठक कूनै कम्युनिष्ट पार्टीकाे विधी पद्धति छाेडेर एमालेकाे मात्रै आदर्शलाई हेर्दा पनि पार्टीकाे कमिटीगत र्याङ्कीङ भन्दा राजकीय पदले खाइ दिएकाे थियाे, कूनै स‌ंसदीय दल वा कार्यपालिका बैठक जस्ताे देखिन्थ्याे । जनप्रतिनधिकाे पद पाएकाहरुकाे दवादवा, पार्टी स्थापनादेखि काम गरेका नेताहरुलाई सुकिला मुकिलाहरुकाे आदेशमा विचार शून्य बनाउन खाेजिएकाे थियाे ।

    उनिहरुका विचारमाथि लादिएकाे निर्देशित चिन्तन  हेर्दा अहिले  याे केही नलाग्न सक्छ,  कालान्तरमा एमालेलाई विधान र विचारसहीतकाे पार्टीभन्दा मुठ्ठिभरका व्यक्तिकाे ‘प्राइभेट लिमिटेड’ बनाउन केन्द्रित छ ।

    अर्कातिर पूर्ण बैठक भनिए पनि बहुमत सदस्यहरुकाे मात्रै बैठक थियाे । पार्टीका पदािधकारीदेखि निकै महत्वपूर्ण भूमिका निभाएका नेताहरुकाे उपस्थिति थिएन । याे बैठकले उनीहरुकाे भावनाकाे प्रतिनिधित्व गर्न नसकेकाे जारी गरिएकाे सर्कूलरबाटै प्रष्ट छ । सर्कूलरमा किन याे सर्कुलर आवश्यक पर्याे ? यसकाे पृष्ठभूमि के हाे ? जिल्लाकाे कम्युनिष्ट आन्दाेलनका सन्दर्भमा एमालेकाे दृष्टिकाेण के ? भन्ने विषयमा सर्कूलर माैन अर्थात् काइते एकाध बाक्यले टुङ्याइएकाे छ । यसबाट आम एमाले जन र याे पार्टीका मतदाताले के बुझ्छन् ?

    यस तर्फ कुनै दृष्टिकाेण नै नबनाइ प्राविधक हिसाबले गरिएकाे बैठक कुनै एनजिओकाे भन्दा फरक थिएन भन्न कुनै आधार खाेजिहरनु पर्दैन ।

    यसमा केवल जेठ २ भनेर हतारमा पदका भाेकाहरुकाे समस्या समाधान गर्ने तर्फ नै केन्द्रित छ । एमालेका नाममा जीवनका धेरै अवसरहरु गुमाएर याेगदान गरेका नेता कार्यकर्ताहरुकाे सम्बाेधन गर्ने तर्फ एजेण्डा नै नराखेकाे एमालेले किन एमालेबाट आम कार्यकर्ताहरु विमुख हुने अवस्था आउँदैछ भन्ने तर्फ साेचेकाे देखिदैन ।

    यसकाे मतलव साेच्नै पर्छ भन्ने हाेइन र त्यहाँका ठेकेदारहरुले नसाेच्न सक्छन्  । तर यसरी नै एमाले नामकाे ब्राण्ड बेचेर कति दिन ठेगदारी चल्ला भन्ने मात्रै प्रश्न हाे ।

    यस्ताे अन्याैलताका बीचकाे बैठककाे नेताहरुकाे ‘उन्मुक्त हाँसाे’ एकताकाे सन्देश मात्रै दिने  प्राविधिक मात्रै हाे या आम एमाले जन र मतदाताकाे खुसी जाेड्न सक्छ वा ‘देखावटी नाटक’ विस्तारै पर्दा खुल्दै जानेछन् ।

     

    प्रतिक्रिया दिनुहोस