२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

हत्याको अभियोगमा २ जना पक्राउ

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • खलढुंगा-खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माईला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

    जग्गा अंशबण्डाको बिषयमा उनीहरू बिच विवाद हुँदा शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनीहरूलाई खुकुरी तथा दाउ सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस