२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सुनकाेसीका एमालेलाई बालकृष्ण ढुंगेलले पढाएकाे ‘जबज’ के हाे ?

  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले सुनकाेसी  काठमाण्डाैं सम्पर्क समितिकाे भेलामा पूर्व माओवादि नेता तथा एमालेका प्रस्तावित प्रदेश सदस्य बालकृष्ण ढुंगेलले कम्युनिष्ट आन्दाेलन र पार्टीबारे एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिए ।

    उनले प्रशिक्षणका क्रममा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र माधव नेपाल षड्यन्त्रकारी र एमाले अध्यक्ष ओलिलाई स्वाभिमानकाे सतिसाल भएकाे तर्क गरे । उल्लेख्य स‌ंख्यामा उपस्थित कार्यकर्ताबीच उत्साहित भएका उनले घुमाउराे भाषामा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारलाई ‘अन्य अर्थ लाग्ला मैले त्यसाे भन्न खाेजेकाे चाँही हाेइन’ भन्दै एमाले स्वागत गर्न भ्याए ।

    भाषा, टुक्का मिलाएर बाेल्न माहिर  उनकाे प्रशिक्षकाे अर्काे राेचक तर भ्रमपूर्ण मिथकले एमाले कार्यकर्ता छक्क परे । उनले देवाली वा पूर्णिमामा पूजा गर्ने र धामी वा पूजारी उफ्रदै हेर हेर भनेर मन्दिर घुमेकाे कथा भाका हाली हाली सुनाएर गाैतम बुद्धलाई देखाएकाे हाे भनेर ठाेकुवा गरे ।  उनकाे भ्रामक  मिथक सुनेर नबुझेकाले तालि बजाएका थिए भने बुझेका लडिलडि हाँसेका थिए ।

    कविताकाे एक टुक्काबाट मन्तव्य शुरु गरेका ढुंगेलले केपी ओलिकाे स्वाभिमानी शीर देखेर एमालेमा आएकाे र आफु आएर कम्युनिष्ट मूलधारकाे डुंगा भेलमा नडुबेकाे तर्क गरे । नेकपाकाे विवाद र समानान्तर कमिटि अभ्यासलाई उनले भेल भनेका थिए । आफुलाई दार्षनिक नेताका रुपमा उभ्याउन खाेजेका उनी भ्रामक  मिथक सुनाएर स्खलित भएकाे एमाले कार्यकर्ताहरुकाे टिप्पणी छ ।

    उनका भाषणका मुख्य मुख्य भनाइ यस्ता थिए:

    ‘नेकपा बन्न खाेजेकाे तर प्रचण्ड र माधव नेपालकाे षड्यन्त्रले बन्न नपाएकाे आजकाे एमाले हाे । म त्यही एमालेकाे सदस्य हुँ । विशुद्ध जेठ २ नेकपाकाे मान्छे बालकृष्ण ढुंगेल पनि हाे । तर, जेठ २ मा षड्यन्त्र छ, ओलिकाे मुन्टाे भाँच्ने  जेठ २ नबनाेस् ।  

    नेपाली कम्युनिष्ट आन्दाेलनकाे मूलधार एमाले  बन्दै गरेकाे हाे । डुंगा तर्न ताैल सन्तुलन हुनु पर्छ ।म एकातिर आएर सन्तुलन भएकाे हुनुपर्छ । पछि त्यही ढु‌ंगामा यज्ञराज सुनुवार आउनु भयाे, जिल्ला इञ्चार्जका रुपमा  ।  चिउरा, केरा र दही  छुट्टाछुट्टै थिए । सबै मिसाएर लाई मुछेकाे दिन जेठ ३ हाे ।  त्यही जेठ ३ पछि काे नेकपाकाे सदस्य हुँ  म । प्रचण्ड र माधव मिलेर पछि  मुछेकाे दही, चिउरा र केरा छुट्टाछुट्टै माग्न थाले ।’

     

    प्रतिक्रिया दिनुहोस