२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
प्रदेश सभा वैठक

विश्वासको मतसम्बन्धी प्रस्ताव मतदानमै नलगी प्रदेशसभा बैठक स्थगित

  • २०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।

    उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।

    कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो ।

    नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । उनले विश्वासकाे मत पाउने अवस्था नरहे पनि एमालेले अन्तिमसम्म कसरत गर्न बैठक सार्न दवाव दिएकाे थियाे ।

    वागमति प्रदेशमा पनि अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेकाे प्रस्ताव  बैठकमा प्रस्तुत गरेर कार्तिक ११ गतेसम्म संसद बैठक स्थगित गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस