२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

एमाले अधिवेशन: माेलुङमा मुक्कामुक्की !

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे वडा अधिवेशनमा जिल्लाभर शान्तपूर्वक सम्पन्न भएकाे एमालेले जनाएकाे छ । आज शनिवार ६६ वडामा अधिवेशन भएकाे थियाे । ६४ मा नेतृत्व चयन भइसकेकाे छ । २ वडामा नेतृत्व चयन प्रक्रिया चलिरहेकाे छ ।

    ९ वडा तयारी नभएकाे भन्दै स्थगन गरिएकाे छ । एकाध वडामा भने एमालेकाे विधान अनुसार चाहिने उपस्थिति नै नभएर स्थगन भएकाे छ ।

    अधिवेशनकाे पूर्वसन्ध्यमा शुक्रबार राति माेलुङमा भने केहीबेर मुक्कामुक्की चलेकाे थियाे । ३ नं वडाकाे नेतृत्व चयनकाे विषयमा मुक्कामुक्की चलेकाे हाे । दुइ गुटबीच काे अध्यक्ष हुने भन्ने विषयमा मुक्कामुक्की चलेकाे एक एमाले नेताले बताए । घाइते नै हुने गरि भने मुक्का मुक्की नचलेकाे उनले दावी गरे ।

    याे विषय ठुलाे नभए पनि सांसद यज्ञराज सुनुवारकाे पालिका भएकाले विवादित बनाउन केही व्यक्ति पार्टीकै नेताले उचालेर आए पनि शनिबार सहमतिमै अधिवेशन भएकाे ति नेताकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस