२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

अनाथ बालबालिकालाई न्यानो कपडा

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • सिन्धुली– सिटिजन लाईफ इन्सुरेन्स उदयपुरको कटारी शाखाले अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका १० कमलाखोंजमा संचालित बालगृहका बालबालिकालाई शनिबार एक कार्यक्रमका बिच न्यानो कपडा सहयोग गरेको हो । कम्पनीको वार्षिकोत्सवको अवसर पारेर १० हजार रकम बराबरको ब्ल्यांकेट लगायतको न्यानो कपडा सहयोग गरेको सिटिजन लाईफ इन्सुरेन्स उदयपुरको कटारी शाखाका प्रमूख अमित श्रेष्ठले बताए ।
    जनमुखी कल्याणकारी नेपाल नामक संस्था स्थापना गरि डेढवर्षदेखि वालगृह संचालनमा रहेको छ । सो वालगृहमा हाल डेढ वर्षदेखि १४ वर्ष उमेर सम्मका १० जना बालबालिका छन् । उनीहरुको लालनपालनको साथै पढाई लेखाई लगायतको काम संस्थाले गर्दै आएको छ । वालगृह स्थानीय ब्रह्मदेव दनुवारले संचालन गर्दै आएका छन् । उनले व्यक्तिगत पहल र खर्चमै वालगृहमा संचालनमा ल्याएका हुन् ।
    कर्पोरेट सोसल रेस्पोन्सिबिलिटि अर्थात सामाजिक उत्तरदायित्वको साथै मानवीय सहयोग स्वरुप राम्रो काममा सहानुभूती स्वरुप सहयोग गरेको शाखा प्रमूख श्रेष्ठले बताए । वालगृह संचालक ब्रह्मदेव दनुवारले सहयोगको प्रशंसा गरे । उनले व्यक्ति, संस्था र दाताबाट प्राप्त सहयोग पारदर्शी ढंगबाट खर्च गरिने समेत बताए ।

     

    प्रतिक्रिया दिनुहोस