२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

नेकपा (एकिकृत समाजवादी) संगठन विस्तारमा, सिताराम भट्टराई चिशंखुगढीकाे संयाेजक

  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी) संगठन विस्तारमा जुटेकाे छ । अभियान अन्तर्गत चिशंखुगढी गाउँपालिकामा अधिवेशन आयाेजक कमिटी गठन भएकाे छ ।

    सिताराम भट्टराईकाे नेतृत्वमा पालिका अधिवेशन आयाेजक कमिटी चयन गरिएकाे जिल्ला कमिटी उपाध्यक्ष मेखबहादुर खड्काले जानकारी दिए । कमिटिकाे सह संयाेजकमा झनक श्रेष्ठ चयन भएका छन् । ११ सदस्यीय कमिटिले वडा कमिटि गठन तथा पालिका अधिवेशनकाे कार्यतालिका बनाउनेछ ।

    स‌ंगठन विस्तार अभियानमा केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज नेत्र भट्टराई, केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, जिल्ला अध्यक्ष हंशराज वाग्ले उपाध्यक्ष मेखबहादुर खड्का, सचिव नरेन्द्र श्रेष्ठ, उप सचिव दिपक फुयल लगायत नेताहरु जिल्ला दाैडाहामा छन् ।

    प्रतिक्रिया दिनुहोस