२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

एमाले महाधिवेशन प्रतिनिधीका लागि २९ काे उम्मेद्वारी दर्ता, काे काे छन् उम्मेदवार ?

  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे १० औं महाधिवेशनमा प्रतिनिधित्वका लागि २९ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । एमालेकाे महाधिवेशन प्रतिनिधि निर्वाचन समितिले प्रकाशित गरेकाे सुचीमा २९ जनाकाे प्रस्ताव र समर्थक समेत सार्वजनिक गरिएकाे छ ।

    महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गर्नेमा संविधान सभाका सदस्य सांसद पालिका अध्यक्षदेखि विद्यार्थी नेता समेत छन् ।

    संविधान सभाका सदस्य हर्कबाेल राई, सकुन्तला राजभण्डारी, जिल्ला अध्यक्ष तथा सिद्धिचरणका मेयर माेहनकुमार श्रेष्ठ, प्रदेश सांसद अम्बीर गुरुङ, केदारबाबु बस्नेत, तीर्थ सुवेदी, गाेविन्दबहादुर पाैडेल, सुस्मिका राई, शान्ता ढुंगेल, इच्छाकुमारी गुरुङ लगायत छन् । त्यस्तै विद्यार्थी नेता  निशान श्रेष्ठ र  युवा संघकी थलु राजभण्डारी पनि छन् ।

    निर्वाचन समितिले गुरुङ, श्रेष्ठ र राजभण्डारीकाे उम्मेदवारीमा कैफियत लेखेकाे छ । समितिले सुचना प्रकाशित गर्दा गुरुङ र श्रेष्ठकाे याेग्यता नपुगेका तथा राजभण्डारीकाे मतदाता नामावलीमा नामै नरहेकाे जनाएकाे छ ।

    नेताहरुले सहमतिका लागि प्रयास भइरहेकाे र भाेलिसम्म निचाेडमा पुग्न सकिने जनाएका छन् । निर्वाचन समितिले विहीबार दिउँसाे १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय ताेकेकाे छ । उम्मेदवाहरुबीच छलफल गरेर सहमतिमै महाधिवेशन प्रतिनिधि छनाैट गर्ने प्रयास भइरहेकाे जिल्ला इञ्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए ।

    महाधिवेशन प्रतिनिधिकाे दलित तर्फ भने एक काेटामा १ जना मात्र उम्मेदवारी परेकाे छ । उक्त काेटामा ओम दयाल सर्वसम्मत भएका छन् । घाेषणा भएकाे छैन ।

     

    प्रतिक्रिया दिनुहोस