२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

यी युवाहरुले सफा गरे काँग्रेस अधिवेशनस्थलको फोहोर (फाेटाे फिचर)

  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ओखलढुंगामा भएको अधिवेशन स्थलको फोहोर केही युवाहरुले मिलेर सफा गरेका छन् । सगरमाथा जनता माविको खेलमैदान काँग्रेस अधिवेशनको कारण फोहोरले भरिएको थियो ।

    अधिवेशनको प्रचारसामाग्री र पानीका बोतलहरुले कुरुप बनेको खेलमैदान युवाहरुले बिहिबार सफाई गरेका हुन् । सफाईमा काँग्रेस निकट र स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो । उनीहरुले यो सफाई कुनै राजनीतिक भातृसंस्था मार्फत नभएर स्वतन्त्र रुपमा साथीभाई मिलेर गरिएको बताए ।

    युवाहरुको सफाई कार्यक्रम अत्यन्तै राम्रो भएको भन्दै स्थानीय र सगरमाथा जनता माविका शिक्षकहरुले प्रशंसा गरेका छन् । राम्रो संस्कारको शुरुवात भएको भन्दै उनीहरुको प्रशंसा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस