२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

माओवादी प्रदेश सम्मेलन: पदाधिकारीमा युवा नेता शर्माकाे दावी

  • २०७८ मंसिर २७, सोमबार मा प्रकाशित २ साल अघि
  •  ओखलढुंगा- नेकपा माओवादी केन्द्रको जारी प्रथम प्रदेश अधिवेशनमा युवा नेता निशान्त शर्माले पदाधिकारीमा दावी गरेका छन् । यस अघि प्रदेश कमिटी सदस्य रहि सकेका शर्माले सम्मेलनमा सह सचिवको दावी पेश गरेका हुन् ।

    उनले जारी सम्मेलनमा आफुले प्रदेशको पदाधिकारी दावी गरेको जानकारी दिए । उनले भने, ‘यस अघि जिल्लाको उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य भइ काम गरिसकेको नाताले स्वभाविक रुपमा मेरो पदाधिकारीमा दावी रहन्छ ।’

    शर्माले प्रदेश कमिटीको सह सचिवमा दावी प्रस्तुत गरेका छन् । माओवादीको सम्मेलनमा निर्वाचन हुने अवस्था नदेखिए पनि पदाधिकारीको लविङ तीव्र पारेका हुन् । पदाधिकारी बाहेक प्रदेश सदस्यहरुकाे चयन भने भइसकेकाे छ ।

    उनी नेकपा कालीन कमिटीको प्रदेश सदस्य तथा यस अघि माओवादी केन्द्रको जिल्ला अधिवेशनमा निर्वाचित उपाध्यक्ष उपाध्यक्ष समेत थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चिशंखुगढी गाउँपालिका अध्यक्षमा निर्वाचित शर्मा जिल्लाका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रको एक मात्र निर्वाचित अध्यक्ष हुन् ।

    समकालीन स्थानीय तहका जनप्रतिनिधीमा गाउँपालिकादेखि जिल्लामै उनी लोकप्रिय जनप्रतिनिधीका रुपमा परिचित छन् ।

    प्रतिक्रिया दिनुहोस