२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

नेकपा एस काे रुम्जाटारमा वडा कमिटी, सुनकाेसीमा टाेल कमिटी

  • २०७८ पौष २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी जिल्ला कमिटीले संगठन निर्माणलाई तीव्रता दिएकाे छ । स्थानीय तहका वडा कमिटी  तथा टाेलमा टाेल कमिटी समेत निर्माण शुरु गरेकाे हाे ।

    चम्पादेवीमा वडा कमिटी निर्माण अन्तिम चरणमा पुगेकाे जनाएकाे नेकपा एसले सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारमा वडा कमिटी घाेषणाा गरेकाे छ ।

    पार्टीका केन्द्रीय सदस्य निर्मला श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे घाेषणाा कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष मेख बहादुर खड्का, नेतृ शारदा निराैला लगायत काे उपस्थितिमा कमिटी घाेषाणा गरिएकाे थियाे ।

    कमिटीकाे अध्यक्षमा  डाकुरनाथ दाहाल उपाध्यक्ष प्रेम गुरुङ्ग,  सचिवमा चन्द्रकला दाहाल पोख्रेल चयन भएका छन् । वडा कमिटी ३१ सदस्यीय रहेकाे छ ।

    सिद्धिचरणमा यस अघि वडा नं ५ ,६ र ९ मा वडा कमिटी गठन भइसकेकाे छ । चम्वादेवीका अधिकांश वडामा कमिटि गठन सकिएकाे जिल्ला कमिटी उप सचिव कमल खड्काले जानकारी दिए ।

    त्यस्तै सुनकाेसी गाउँपालिका वडा नं ४ मा टाेल कमिटी निर्माण गरिएकाे जिल्ला सचिव नरेन्द्र श्रेष्ठले बताए  । साे वडामा २ वटा टाेल कमिटी गठन भइसकेका छन् । पालिकाका अधिकांश वडाहरुमा टाेल कमिटी समेत निर्माण गर्ने याेजना रहेकाे उनले बताए ।

    प्रतिक्रिया दिनुहोस