२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
बन्दशत्रमा ट्वीष्ट

कार्यकर्ताकाे ध्यान माेड्न एमालेकाे बन्द शत्रमा एकिकृत समाजवादीका नेता नेत्र भट्टराईकाे ‘सत्ताे-सराप’ !

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे बन्द शत्रमा पेश भएकाे आर्थिक तथा राजनीतिक प्रतिवेदनमािथ प्रश्न उठेकाे छ । शुक्रबार एकाध घण्टा चलेकाे बन्द शत्रमा सांगठनिक प्रतिवेदनका विषय र आर्थिक पारदर्शीताकाे विषयमा प्रश्न उठेपछि जवाफ विहीन बनेकाे एमाले जिल्ला नेतृत्वले कार्यकर्ताकाे ध्यान माेड्न नेकपा एकिकृत समाजवादीका जिल्ला ईञ्चार्ज नेत्र भट्टराई देखाएर पन्छिन खाेजेकाे छ ।

    शुक्रबार दिनभर खुल्ला शत्रपछि साँझ शुरु भएकाे बन्द शत्रमा सांगठनिक प्रतिवेदनका सम्बन्धमा बाेल्दा जिल्ला सचिव शंकर कट्वालले सबै एमालेकाे अभिलेख पूर्व उपाध्यक्ष नेत्र भट्राईले लगेकाे आराेप लगाए । उनले कार्यकर्तालाई जवाफ दिनु पर्ने भएकाले भट्टराई देखाएर पन्छिएका थिए ।

    बन्द शत्रमा सहभागी प्रतिनिधीका अनुसार एमालेकाे सांगठिनक प्रतिवेदन अपुराे रहेकाले प्रश्न उठ्ने भएपछि अरुलाई दाेष देखाएर सचिव पन्छिएका हुन् ।

    त्यस्तै आर्थिक विषयका सम्बन्धमा पनि अध्यक्ष माेहन श्रेष्ठले आफ्ना पूर्व उपाध्यक्ष तथा समाजवादीका नेता भट्टराईलाई नै दाेष दिएर उम्किएका थिए । उनले चेकका ठूटा समेत भट्टराईसँगै भएकाे भन्दै विस्तृत विवरण ल्याउन कठिन भएकाे बताएकाे ति प्रतिनिधीले नागरिक मिडियालाई बताए ।

    नेकपा एमालेकाे असंवैधािनक यात्रा र संसद विघटनाका विरुद्धमा लागेका नेताहरु हाल एकिकृत समाजवादीमा छन् । उनीहरुलाई देखाएर एमाले नेतृत्वले आफुमाथि आउने प्रश्न माेड्न यस्ताे उपाय निकालेकाे भन्दै प्रतिनिधीहरुलेआक्राेस पाेखेका छन् । एक प्रतिनिधीले भने, ‘अध्यक्ष र सचिवले पार्टी चलाएका हुन् । सबै अभिलेख सचिव अध्यक्ष जिम्मा हुनु पर्ने उनीहरुले पार्टीमै नभएका व्यक्ति देखाएर खातापाता चेकका ठुटा समेत छैनन् भनेर पन्छिनु गैरजिम्मवार र प्रतिनिधीमाथि अवमूल्यन गर्नु हाे ।’

    नेकपा विवाद ताका समानान्तर कमिटी बन्दा भट्टराई अध्यक्ष थिए । साे कमिटीकाे सचिव हर्कबाेल राई अहिले एमालेकाे अध्यक्षका दावेदार छन् । समानान्तर कमिटीकाे निर्णय पुस्तिका समेत सचिव हर्कबाेल नै राईले राखेका थिए ।

    उक्त पुस्तिका समेत राईसँगै रहेकाे नेता भट्टराईले जानकारी दिए । नेकपा विवाद ताका ओलि गुटले ताला लगाएर कार्यालय कब्जा गरेकाेमा पछी नेकपा विवादपछि सहमतिमा कार्यालय खुले पिन सबै अभिलेख कार्यालयमा रहेकाे उनकाे भनाइ छ ।

    नागरिक मिडियालाई प्राप्त अडीयाेमा पनि दुवै पदाधिकारीले एमालेकाे सबै अस्तव्यस्तताकाे जिम्मेवार भट्टराईलाई देखाएर पन्छिएका छन् । एमालेकाे आर्थिक प्रतिवेदनमा केपी ओलीकाे संसद विघटन गर्ने कदमकाे समर्थनमा गरिएका भव्य कर्यक्रम ब्यवस्थापनमा भएकाे खर्च कतै उल्लेख नभएकाे प्रतिनिधिले बताए ।

    जिल्लाभर त्यतिवेला नेकपाकाे ओलिगुटले खाना बास र यातायातकाे व्यवस्था गरेर कार्यकर्ता र समर्थकहरु उतारेर प्रदर्शन गरेकाे थियाे । त्यस्ता कार्यक्रममा ५० औं लाख रकम खर्च भएकाे एमाले नेताहरु नै स्वीकार्छन् । त्याे पैसाकाे स्राेत के हाे भनेर एमालेले कतै देखाउन सकेकाे छैन ।

    शुक्रबार केही समय शुरु भएर स्थगित भएकाे बन्द शत्र नेतृत्व चयनकाे प्रकृयाबारे चर्काे विवाद हुँदा याे समाचार तयार पार्दा सम्म शुरु हुन सकेकाे छैन ।

    प्रतिक्रिया दिनुहोस