२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

जिप दुर्घटनामा तीनजनाको मृत्यु

  • २०७८ माघ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटनामा पर्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आईरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए ।

    त्यसमध्ये सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षिय युसब कोइराला, ७ वर्षिया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षिय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सिनपा १ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गापा १ मोलीका देवबहादुर श्रेष्ठ र चालक सन्जिव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरुको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भईरहेको छ ।

    ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएका कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथी बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।

    प्रतिक्रिया दिनुहोस