२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
सन्दर्भ: स्थानीय निर्वाचन

यी हुन् माओवादी केन्द्रका पालिका प्रमुखका दावेदार

  • २०७८ चैत्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- स्थानीय निर्वाचनकाे सरगर्मी बढेसँग दलहरु उम्मेदवार चयनकाे प्रकृया र चुनाव केन्द्रित गतिविधीमा जुटेका छन् । दलहरुभित्र स्थानीय तहमा पदाधिकारी बन्ने हाेडमा नेताहरु देखिएका छन् ।

    जिल्ला समिति बैठकबाट निर्वाचन केन्द्रित अभियानमा जुटेकाे नेकपा माओवादी केन्द्रमा आठ स्थानीय तहमा संभावित उम्मेदवारहरुले लविङ र प्रचारलाई तीव्र पारेका छन् ।

    अन्य दलहरुमा पनि टिकट ल्याउन नेताहरु पार्टीकाे शिर्ष नेतृत्वसँग लवङमा छन् । तेस्राे  ठुलाे माओवादीमा आका‌ंक्षीहरु एमाले काँग्रेसमा भन्दा कम देखिएका छन् । अब पार्टी चुनावी अभियानसँगै वडादेखि पालिका तहका उम्मेदवार चयनमा केन्द्रित भएकाे माओवादी केन्द्रका केन्द्रिय सदस्य चम्पा कार्कीले बताइन् ।

    यस्ता छन् दावेदार 

    १. सिद्धिचरण नगरपालिका –  गुण कुमार राई “रुपक”, रुपेश शाक्य, सन्तोष मगर “कुसुम”

    २. सुनकोसी गाउँपालिका- हेमसागर पराजुली “मनसुन” , लोकनाथ अधिकारी,  छबिरमण धमला,  नबराज खड्का

    ३.  मोलुङ गाउँपालिका- नरेन्द्र खतिवडा, कुल बहादुर खत्री, मान ब तामाङ,  मनिषा राई र भक्त सुनुवार

    ४. मानेभञ्ज्याङ गाउँपालिका-  युबराज राई, सुबासचन्द्र राई, सन्त तामाङ, बल बहादुर राई,  अर्जुन गौतम र चम्पासरी राई

    ५. चिशंखुगढी गाउँपालिका- निशान्त शर्मा  र रामकुमार कार्की

    ६. चम्पादेबी गाउँपालिका- बिनोद सुनुवार, खड्ग ब कार्की, झलकमान तामाङ,  तिलक ब खड्का,  भिम किराँत र लोचन केसि

    ७‍. लिखु गाउँपालिका-  जीवन परियार, एकेन्द्र कट्वाल, नवीन पौडेल, चित्र थापा,  रन्जन खड्का

    ८‍. खिजिदेम्बा गाउँपालिका- खुद ब खत्री, चन्द्रमान तामाङ, चम्पक सुनुवार,  तिलक कार्की

    जिल्लाका ८ पालिकामध्ये चिशंखुगढी यस अघि जितेकाे पालिका हाे । यसमा जिल्ला पार्टी अध्यक्ष निशान्त शर्मा मुख्य दावेदार देखिएका छन् । अन्य तहमा पनि एक वा दुइ जनाकाे मुख्य दावी रहने र अन्य नेताहरु वडा अध्यक्षमा जाने नेताहरुकाे बुझाइ छ ।

    सिद्धिचरणमा यस अघि चुनाव लडिसकेका रुपेश शाक्य यस पटकका प्रमुख दावेदार हुन् । उनी गठनबन्धन भए पनि नभए पनि चुनावी मैदानमा जाने बताउँछन् । खिजीदेम्वामा चम्पक सुनुवार आफु पालिका अध्यक्षकाे उम्मेदवार भएकाे बताउँछन् । युवा पुस्ताका उनी लाेकप्रिय नेता हुन् ।

    प्रतिक्रिया दिनुहोस