२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

लिखु ५ मा एकिकृत समाजवादीकाे कमिटी

  • २०७८ चैत्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेकपा एकिकृत समाजवादीकाे लिखु ५  यसममा कमिटी गठन भएकाे छ । नेकपा एकिकृत समाजवादीका जिल्ला ईञ्चार्ज नेत्र भट्टराईकाे विशेष उपस्थितमा कमिटी गठन भएकाे हाे ।

    हालसम्म केही पालिका र केही वडाहरुमा कमिटी गठन भए पनि अधिकांशमा छैनन् । लिखु गाउँपालिकामा यस अघि एउटा वडामा कमिटी निर्माण भएकाे थियाे । बुधबार वडा नं ५ मा कमिटी गठन भएकाे छ । १५ सदस्यीय कमिटीकाे अध्यक्षमा हरिराम थापा, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, र कुल ब तामाङ,  सचिवमा मदन श्रेष्ठ रहेकाे जिल्ला कमिटी उप स राम कुमार सुबेदीले बताए ।

    अन्य दलहरु चुनाव केन्द्रित गतिविधीमा जुटेका बेला भर्खरै गठन भएकाे एकिकृत समाजवादीकाे भने जिल्लाभर कमिटी छैन । जिल्ला कमिटीले सबै ७५ वडामा कमिटी निर्माण गर्ने निर्यण गरे पनि पदािधकारीहरु जिल्ला नबस्दा  िजल्ला कमिटी नै निश्कृय छ ।

     

    प्रतिक्रिया दिनुहोस