२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सुनकाेसीकाे ५ नं वडा कार्यालयले गर्याे समाजसेवी व्यक्ति तथा संस्थालाई सम्मान

  • २०७८ चैत्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सुनकाेसी गाउँपालिका वडा नं ५ , वडा कार्यालयले वडा कार्यालय सञ्चान तथा वडाका सबै खाले गतिविधीमा सहयाेग गरेर जनप्रतिनिधीकाे कार्यकाल सफल बनाउन याेगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेकाे छ ।

    वडा कार्यालयकाे तर्फबाट वडा अध्यक्ष गाेविन्दराम तामाङले सहयाेगी निकायहरुलाई सम्मान पत्रबाट सम्मान गरेका हुन् ।

    २०७४ सालमा निर्वाचित भएर कार्यकाल शुरु गरेपछि हालसम्म निर्विवाद रुपमा वडाका कार्यालयकाे काम तथा विकासका याेजना पुरा गर्न याेगदान गर्ने वडा भित्रका क्रियाशील राजनीतिक दल सामाजिक संस्था तथा अन्य सरकारी कार्यालयहरुलाई सम्मान गरिएकाे हाे ।

    समाजसेवी निकायलाई आगामी दिनमा विकासका काममा सहकार्य गरेर अघि बढ्न सम्मान गरेर प्राेत्साहन गरिएकाे तामाङले बताए । उनी सुनकाेसीका सवैभन्दा कान्छा र सृजनात्मक काम गर्ने वडा अध्यक्षका रुपमा परिचित छन् ।

    प्रतिक्रिया दिनुहोस