२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

यी विद्यार्थी नेता, जाे जनप्रतिनिधि बन्ने दाैडमा छन्

  • २०७८ चैत्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- स्थानीय तहकाे निर्वाचन मिति नजिकिदै गर्दा दलहरु उम्मेवार छनाैटमा व्यस्त छन् । जिल्लामा मुख्य गरि सत्तारुढ गठबन्धनले स‌ंयुक्त उम्मेदवारी घाेषणाकाे प्रयास जारी राखेकाे बेला जिल्लाका केही विद्यार्थी नेताहरुले जनप्रतिनिधि हुने इच्छा देखाएका छन् ।

    उम्मेदवार छनाैटका क्रममा उनीहरुले नाम सिफारिस गर्न नेताहरुलाई दवाव दिने देखि पार्टीका अभियानमा उम्मेदवारका रुपमा प्रस्तुत गर्न थालेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका युवाहरुले वडा तथा पालिकामा दावा पेश गरेका हुन् ।

    यसरी दावा पेश गरेका केही जिल्लाका स्थापित विद्यार्थी नेतामध्ये निशान श्रेष्ठ अनेरास्ववियुका केन्द्रिय सदस्य हुन् । उनले सुनकाेसी गाउँपालिका १० मा वडा अध्यक्षकाे दावा गरेका छन् । पार्टी संगठनकाे काममा खटिरहेकै कारण फागुनमा सम्पन्न एमालेकाे जिल्ला अधिवेशनमा जिल्ला सदस्य समेत निर्वाचित भए ।

    श्रेष्ठलाई वडा अध्यक्ष भएर जनताकाे सेवा गर्ने उत्कट चाहाना छ । वडाबाट उम्मेदवारमा उनकाे नाम समेत सिफारिस भइसकेकाे छ । पालिका कमिटीले निर्णय गरेर उम्मेदवार बनाउनेमा उनी ढुक्क छन् ।

    उनीसँगै अन्य दावेदार भए पनि वडामा लाेकप्रिय भएकाले उनी सशक्त उम्मेदवार हुन् । ‘टिकट पाए चुनाव जितिन्छ, वडा कार्यालय भनेकाे नागरिकलाई दैनिक सेवा दिने र आधारभूत विकासका काम गर्ने थलाे हाे भन्ने बुझेकाे छु’ श्रेष्ठले नागरिक मिडियासँग भने ।

    नेपाल विद्यार्थी स‌ंघका जिल्ला सभापति राेशन महतरा कांग्रेसकाे प्रदेश महाधिवेशन प्रतिनिधी समेत हुन् । उनी खिजिदेम्वा वडा नं १ काे वडा अध्यक्षकाे उम्मेदवार बन्ने तयारीमा छन् ।

    उनी आफू वडामा मुख्य दावेदार रहेकाे बताउँछन् । यस अघि पनि नेपाली काँग्रेसले जितेकाे उक्त वडामा चुनाव सहजै जितिने देखेर पार्टीमा अन्य उम्मेदवारकाे पनि दावा छ । जिल्लाका सबै नेताहरुसँग सहज पहुँच बनाएका उनले निर्वाचनमा पछि नहट्ने बताए । ‘पार्टीले बनाउने मापदण्ड पनि कामकाजीलाई समेट्ने भएकाले निर्वाचनमा आफ्नाे वडाकाे  उम्मेदवारीमा स्वभाविक दावी रहन्छ’ उनी भन्छन् ।

    नेवि संघ ओखलढुंगा-काठमाण्डाैं सम्पर्क समितिमा काेषाध्यक्ष रहेर काम गरेकी यशाेदा कार्कीलाई पनि याे पटककाे स्थानीय चुनाव लागि सकेकाे छ । उनी आफूलाई उप प्रमुखकाे दावेदारका रुपमा प्रस्तुत गर्छिन् । उनी भन्छन् ‘हामी चाँही किन उम्मेदवार हुन नसक्ने हाे र ?’

    आफु प्रमुख दावेदार रहेकाे र पालिकाकाे विकासमा के कस्ताे भूमिका खेल्न सकिन्छ, भनेर छलफल गरिरहेकाे उनकाे भनाइ छ । मानेभञ्याङ गाउँपालिका २ निवासी उनी साेही पालिकाकाे उपप्रमुखमा आप्नाे दावी पेश गरेकी छन् ।

    कतिपय युवाले वडाकाे जिम्मेवारीमा आए कस्ता काम सरी गर्न सकिन्छ भनेर खाका नै बनाएका छन् । अनेरास्ववियुका पूर्व जिल्ला कमिटी सचिव लक्ष्मण राउत याे पटक कुनै हालतमा आफू वडा अध्यक्षकाे दावेदार रहेकाे बताउँछन् । उनले आफु वडा अध्यक्ष भएमा के काम कसरी गर्ने खाका समेत तयार पारेर बसेका छन् । मानेभञ्याङ गाउँपालिका वडा न‌ं २ मा राउतले अध्यक्ष दावी गरेका हुन् ।

    राउतले प्रस्ताव गरेका विभिन्न विषयमध्येकाे एक नमुना 

     

     

    प्रतिक्रिया दिनुहोस