२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सिद्धिचरण २ मा माओवादी केन्द्रका वशन्त कट्वाल अध्यक्षका उम्मेदवार

  • २०७८ चैत्र २६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षकाे उम्मेदवारका रुपमा वशन्त कट्वाललाई अघि सारेकाे छ । शनिबार बसेकाे वडा कमिटी बैठकले कट्वाललाई सर्वसम्मत अध्यक्षका रुपमा अघि सारेकाे हाे ।

    पालिकाकाे उप प्रमुखमा भने वडा कमिटीले चन्द्रा कुमारी फयललाई अघि सार्न सिफारिस गरेकाे छ । वडामा एक्लै चुनाव जित्ने निचाेड सहित गठबन्धन नगर्न पार्टीलाई अग्रह गर्ने  वैठकले निर्णय गरेकाे छ ।

    वडा सदस्यहरुमा भने सहमति नहुदा १८ जना पालिका कमिटीलाई सिफारिस गरेकाे छ । पालिका कमिटीले याेगदान, क्षमता र याेग्यता मूल्या‌ंकन गरेर चयन गर्ने वडा अध्यक्षका उम्मेदवार वशन्त कट्वालले बताए ।

    प्रतिक्रिया दिनुहोस