२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

माेलुङ एमालेमा तीन नेताका आ-आफ्नै दाउ !

  • २०७८ चैत्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चुनावकाे मिति नजिकिदै गर्दा उम्मेदवारकाे छनाैटमा जुटेकाे एमालेमा उम्मेदवार यकिन गर्न सकस देखिएकाे छ । विगतकाे निर्वाचनमा प्रमुख पद झिनाे मतान्तरले जितेकाे एमालेमा माेलुङ गाउँपालिकाकाे अध्यक्ष बन्न तीन नेता लविङमा छन् ।

    हालका अध्यक्ष तथा पार्टीका उप सचिव मणिराज राई, नेता उत्तम राई र पालिका कमिटी अध्यक्ष सञ्जय खत्रीकाे दावी छ । तीन नेतालाई प्रदेश तथा केन्द्रका नेताहरुले साथ दिएपछि पछि नहट्ने मनस्थितिमा छन् ।

    वर्तमान अध्यक्ष मणिराज राई विकासका याेजनामा ‘विवादित’ बनेपछि युवा सर्कलमा युवाहरुबाट उम्मेदवार बनाउन तीव्र दवाव छ । युवा पुस्ताले सञ्जय खत्रीलाई उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् । भएमध्येका राम्रा छान्दा खत्री उपयुक्त व्यक्ति रहेकाे माेलुङका युवाहरुकाे भनाइ छ ।

    वर्तमान अध्यक्ष मणिराज राई विकासका याेजनामा ‘विवादित’ बनेपछि युवा सर्कलमा युवाहरुबाट उम्मेदवार बनाउन तीव्र दवाव छ । युवा पुस्ताले सञ्जय खत्रीलाई उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् ।

    सञ्जयलाई प्रदेश सांसद तथा एमालेका प्रदेश कमिटी सदस्य अम्बीर गुरुङकाे साथ छ । त्यस्तै वर्तमान अध्यक्ष मणिराज राई संघीय स‌ांसद यज्ञराज सुनुवारका प्रिय पात्र हुन् । यस अघि एमालेकाे विभागीय सदस्य भइसकेका नेता उत्तम राईले पनि अध्यक्षकाे आका‌ंक्षा राखेका छन् । उनी केन्द्रीय सदस्य किशाेर अधिकारी निकट मानिन्छन् ।

    दावेदारका पछाडि दरिलाे गरि नेताहरुकाे समर्थन रहेकाले अध्यक्षकाे उम्मेदवार पालिका र जिल्ला स्तरबाट चयन हुन सक्ने अवस्था नरहेकाे नेताहरु बताउँछन् । नेताहरुकाे आफ्ना प्रिय पात्र उम्मेदवार बनाउने चाहानाले पनि छनाैट जटिल बन्दै गएकाे छ ।

    झिनाे मतान्तरमा एमालेले अध्यक्ष जितेकाे पालिकामा एमाले विभाजन पछि केही नेताहरु एकिकृत समाजवादीमा लागेका छन् । सा‌ंसद सुनुवारकै वडाका एमाले कार्यकर्ताहरु दलबलसहित कांग्रेसमा प्रवेश गरेका छन् ।

    एकजुट हुँदा बलतल जितेकाे अध्यक्ष एमालेलाई यस पटक चुनाैति थपिएकाे छ भने निर्विवाद अध्यक्षकाे उम्मेदवार छनाैट गर्ने अवस्था देखिदैन । सत्तारुढ गठबन्धन हुँदा गठबन्धन र एक्ला एक्लै चुनाब लड्दा एकिकृत समाजवादी एमालेका लागि भारी हुन सक्ने स्थानीय बताउँछन् ।

    सत्ता गठबन्धनमा आबद्ध दलहरुले भने गठबन्धन कसरी गर्ने भन्ने यकिन गर्न नसकेका कारण पालिका तथा वडामा समेत उम्मेदवार छनाैट गर्न सकेका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस