२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

एमाले छाेड्दै रत्न बम्जनले भने, ‘एमाले जनविराेधी र भ्रष्टाचारमा लिप्त भयाे’

  • २०७८ चैत्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकाका एमालेका पुराना हस्ती रत्न बहादुर बम्जनले एमाले परित्याग गरेका छन् । पाेकलिमा एमाले स्थापित गराउन महत्वपूर्ण याेगदान गरेका उनले आज विज्ञप्ती जारी गर्दै  ‘एमाले जनविराेधी र भ्रष्टाचारमा लिप्त भएकाे’ जनाएका छन् ।

    उनले जनताका दुख भूलेर जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त भएकाे, जनविराेधी र जालझेलमा फसेकाले साे पार्टी परित्यग गरेका जनाएका छन् ।

    उनी ०५३ सालदेखि एमालेमा सक्रिय थिए । उनले एमाले छाेडे पनि समाजसेवामा सक्रिय रहने जनाएका छन् । उनलाई एकिकृत समाजवादीमा ल्याउन नेताहरुले प्रयास गरेकाे बुझिएकाे छ ।

    हेर्नुहाेस् विज्ञप्ती 

    प्रतिक्रिया दिनुहोस