२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

लिखुमा शशक्त बन्दै समाजवादी, पालिकामा दाेस्राे शक्ति बन्ने दावी

  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी लिखु गाउँपालिकामा सशक्त बन्दै गएकाे छ । संविधान मिचेर नेकपाकाे ओलि गुट (हालकाे एमाले) ले संसद विघटन गरेपछि एमालेबाट विद्राेहकाे नेतृत्व गरेका एमालेका संस्थापक नेता नेत्र भट्टराईकाे नेतृत्वमा एकिकृत समाजवादी स्थापना भएपछि हाल लिखुमा दर्जनाैं नेताहरुले समाजवादी राेजेका छन् ।

    नेकपा एकिकृतका पाेलिटव्यूराे सदस्य रहेका रामकुमार खत्री हाल नेकपा एसकाे जिल्ला कमिटीका उप सचिव छन् । त्यस्तै विप्लव नेकपाकाे इञ्चार्जका रुपमा काम गरेका युवा नेता अमृत सागर नेकपा एसमा क्रियाशील भएका छन् । उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरिएकाे छ ।

    लिखु ९ पाेकलीमा एमाले संस्थापक रत्न बम्जन पनि नेकपा एसमा आएका छन् । एमालेमा बालकृष्ण ढुंगेलकाे एक समुह गएपछि एमालेबाट नेकपा एस मा आउनेकाे क्रम समेत बढेकाे छ ।

    युवा संघमा आबद्ध लाेकप्रिय युवा नेता राजन बस्नेत नेकपा एस निकट युवा संघकाे लिखु पालिका प्रमुख भएका छन् । म‌ंगलबार मात्रै एमाले अखिलका केन्द्रीय सदस्य शान्तिराम भट्टराईले नेकपा एस राेजेका छन् ।

    त्यस्तै सञ्चारकर्मी तथा गायक लिला विरही श्रेष्ठ पनि नेकपा एसकाे जनसांस्कृतिक महासंघकाे केन्द्रीय सदस्य भएका छन् । समुदायका प्रभावशाली युवा व्यक्तित्व पार्टीमा रहेकाले लिखुमा पार्टी शशक्त र स्थापित पार्टीका रुपमा रहने जिल्ला ईञ्चाज नेत्र भट्टराई बताउँछन् ।

    दैनिक लिखुमा समाजवादीमा अन्य पार्टीबाट नेता कार्यकर्ता आउने क्रम रहेकाे केन्द्रीय सदस्यमा प्रतावित नेता अमृत सागरले नागरिक मिडियालाई बताए । लिखुमा भव्य कार्यक्रमबीच पार्टी प्रवेश तथा जनसभा राखिएकाे पनि जनाए ।

    नेकपा एसले गठबनधनमा चुनाव लड्दा लिखु दावी गर्ने शशक्त आधार संगठन रहेकाे अमृतकाे भनाइ छ । अब लिखुमा कांग्रेसपछि दाेस्राे शक्तिका रुपमा उदाएकाे दावी छ । गठबन्धन गर्दा संगठनका आधारमा नेकपा एसले लिखु र सिद्धिचरण नपा दावी गर्दै आएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस