२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

सुनकाेसीका ५ वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत, १० नम्बर विवादित

एमालेमा टिकट लिन रस्साकस्सी

  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले सुनकाेसीका ५ वडामा सर्वसम्मत वडा अध्यक्षका उम्मदवार चयन गरेकाे छ । पालिकाका १० वडामध्ये अन्य ५ मा भने उम्मदवार यकिन हुन सकेकाे छैन ।

    सर्वसम्मत भएका वडाहरुमा  १, ३, ४, ५ र ६  रहेका छन् । यी वडामा वडा तहमै सहमतिमा अध्यक्षकाे उम्मेदवार चयन भएकाे हाे । अन्य वडामा छलफलमा रहेकाले उम्मेदवार यकिन भइ नसकेकाे एमाले नेता ५ नं वडाका अध्यक्ष गाेविन्दराम तामाङले बताए ।

    पालिका तथा अन्य वडाकाे चाँडै चयन हुने बताइएकाे छ । पालिका अध्यक्षमा सुनिल खड्का निश्चित जस्तै छन् । खड्का युवामाझ लाेकप्रिय भएकाले उनी बलिया दावेदार रहेकाे नेताहरु बताउँछन् । यस अघि याे पालिकाका अध्यक्ष तथा उपाध्यक्ष काँग्रेसले जितेकाे थियाे ।

    वडा अध्यक्ष चयनका क्रममा पार्टी प्रवेश कार्यक्रमले सुनकाेसी १० मा भने तीव्र विवाद चर्किएकाे छ । माओवादी केन्द्रका पालिका अध्यक्ष छवि धमलालाई नेताहरुले वडा अध्यक्षकाे टिकट सुनिश्चित गरेर प्रवेश गराएकाे चर्चा सँगै एमालेमा विवाद शुरु भएकाे हाे ।

    स्थानीय कमिटीले यस अघि सिफारिस भएकामध्येबाटै उम्मेदवार चयन हुनुपर्ने, पद दिएर पार्टी भित्र्याउन नहुने भन्दै विराेध जनाएका छन् ।

    टिकटमा सम्झाैता भएकाे भए विद्राेह हुने भन्दै नेतृत्व तहलाई सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर वडाका नेताहरुले आप्पति जनाएका छन्  । नेतृत्व तहमा सहमित भएर टिकट दिने निश्चित गरेर पार्टी प्रवेश गराएकाे चर्चापछि वडाले सिफारिस गरेका नेताबाहेक माथिबाट टिकट दिएर पठाए वडामा विद्राेह हुने वडा कमिटीका नेताहरुले चेतावनी दिएका छन् ।

    वडा ९ मा वर्तमान वडा अध्यक्ष झनक कार्की र हितराज कार्कीकाे चर्चा छ । झनक वहालवाला वडा अध्यक्ष हुन् भने कार्की सामाजिक क्षेत्रमा काम गरेर पार्टीकाे पालिका कमिटीमा सह ईञ्चार्जका रुपमा काम गर्दै आएका छन् ।

    यी हुन् सर्वसम्मत अध्यक्षका उम्मेदवार

    १‍‍‍. सहदेव गिरी        १ नं वडा
    २.  गिर्वराज थापा मगर ३ नं वडा 
    ३. पुर्ण प्रधान            ४ नं वडा 
    ४. गोबिन्द राम तामाङ  ५ नं वडा 
    ५. टिकाराम आले मगर ६ नं वडा 
    यीमध्ये तामाङ वडा नं ५ मा हाल वडा अध्यक्ष छन् । आफ्नाे कार्यकाल निर्विवाद पुरा गरेका उनी यस पटक  पनि वडामा सर्वसम्मत चयन भएकाले चुनाव जित्न सहज रहेका आंकलन छन् ।

    प्रतिक्रिया दिनुहोस