२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

संख्या हेरेर हाेइन मुद्दाका आधारमा गठबन्धन सम्मानजनक हुनुपर्छ: उपाध्यक्ष वस्नेत

  • २०७९ बैशाख १, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीकाे केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश नं १ का ईञ्चार्ज घनेन्द्र वस्नेतले निर्वाचनमा हुने गठबन्धन सम्मानजनक उपस्थितिका आधारमा हुने बताएका छन् ।

    निर्वाचन हुने गठबन्धन संस्कृति नेपालमा नाैलाे अभ्यास भएकाले यसलाई संख्याका हिसाबमा हेर्न नहुने वस्नेतकाे भनाइ छ । अहिलेकाे गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि भएकाले कस्काे कति मतदाता छन् भन्ने कुरा मात्रै प्रधान नहुने उनले बताए ।

    जिल्लाकाे राजनीतिक अवस्था र निर्वाचन परिचालनकाे तयारी बारे छलफल गर्न र नेता कार्यकर्ताहरुसँग नयाँ बर्ष २०७९ काे शुभकामना साटासाट गर्न पाेलिटब्यूराे सदस्य धर्मराज निराैलासहित ओखलढुंगा आएका बस्नेतले गठनबन्धन बचाएर प्रगतिशिल शक्तिले देशकाे नेतृत्व गर्ने वातावरण तयार गर्न पनि सम्मानजनक सिट बाँडफाँट हुनु पर्ने वस्नेतले जाेड दिए ।

    हिजाेकाे संख्या हेरेर भन्दा पनि अहिलेकाे आवश्यकता र राष्ट्रिय शक्ति शन्तुलनकाे अवस्था हेरेर गठबन्धन गर्ने कार्यमा लाग्न उनले नेताहरुलाई आग्रह गरे । पाेलिटब्यूराे सदस्य धर्मराज निराैलाले पार्टीकाे सांगठनिक अवस्था र जिल्लाकाे वस्तुगत आवश्यकताका आधारमा दलहरुबीच सहकार्य र गठबन्धन गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । नेताहरुले जिल्लाकाे वस्तुगत तथा सांगठानिक रिपाेर्ट बुझ्दै उच्च मनाेवलका साथ निर्वाचनमा हाेिमन निर्देशन दिएका छन् ।

    जिल्ला अध्यक्ष हंशराज वाग्लेले जिल्ला पार्टीकाे राजनीतिक तथा सांगठानिक अवस्थाबारे नेताहरुलाई जानकारी गराउँदै गठनबन्धन गर्दा जिल्लाका २७ वडा र २ पालिकामा पार्टीकाे दावी रहने सांगठानिक अवस्था रहेकाे बताएका थिए । जिल्लाकाे गठनबन्धनकाे प्रगतिबारे बताउँदै वाग्लेले एकिकृत समाजवादीले कम्तिमा १८ वडा, २ उपप्रमुख र २ प्रमुख नपाए चुनावी रणानीित फरक हुने त्यसका लागि आन्तरिक तयारी रहेकाे समेत बताएका छन् ।

    गठबन्धन भएमा यसमा केही तलमाथि हुन सक्ने भए पनि मुद्दा र राष्ट्रिय शक्तिका हिसाबले एकिकृत समावादी अहिले गठबन्धनकाे प्रमुख पार्टी रहेकाे बताए ।

    प्रतिक्रिया दिनुहोस