२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

गठबन्धनमा सहमति नहुँदा उम्मेदवार यकिन भएनन्

  • २०७९ बैशाख २, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सत्तारुढ गठबन्धनमा सहमति नहुँदा उम्मदवार ताेक्न दलहरुलाई सकस परेकाे छ । वैशखा ३० मा हुने निर्वाचनमा गठनबन्धनका नेताहरुले ५ वैशाखसम्म उम्मेदवार टुङ्याउनु पर्ने वाध्यता छ ।

    जिल्लामा भइरहेका छलफल निष्कर्षमा पुग्न सकेकाे छैन । काँग्रेसले जिल्लाका ८ तहमध्ये १ प्रमुख र ३ उपप्रमुखमा चित्त बुझाउन अन्य दललाई अग्रह गरेकाे छ । तर यसमा सहमति नहुँदा गठबन्धन टुंगाेमा पुगेकाे छैन ।

    अन्य दलहरुले भने प्रमुख पद नै ताकिरहेका छन् । माओवादीले लिखु र चिशंखुगढीमा प्रमुख पद दावी गरेकाे छ । त्यस्तै एकिकृत समाजवादीले पिन लिखु मा प्रमुख तथा अन्य तहमा उप प्रमुख सहित एमालेले जितेका वडामा अध्यक्ष दावी गरेकाे छ ।

    जसापाले खिजीदेम्वामा प्रमुख मागेकाे छ । जसपाले एमालेसँग पिन वार्ता गरिरहेकाे छ । विभिन्न चरणमा वार्ता भएकाे एमाले जिल्ला अध्यक्ष शंकर कट्वालले यस अघि नै बताइसकेका छन् । आन्तरिक रुपमा भने उम्मेदवार तय गर्न दलहरुले गृह कार्य थालेकाले छन् ।

    एकिकृत समाजवादीले ६ स्थानीय तह र २७ वडामा उम्मेदवार तय गरिसकेकाे छ । गठबन्धन गर्ने चरणमा रहेकाले उम्मेदवार सार्वजिनक गरिसकेकाे छैन । सम्मानजनक गठबन्धन नभए अन्तमा एक्लै चुनाव लड्ने नेकपा एसकाे तयारी छ । माओवादी केन्द्र ले पनि उम्मेदवार छनाैटका लागि छलफल शुरु गरेकाे छ ।

    प्रमुख प्रतपक्ष एमालले धेरै जसाे वडामा उम्मेदवार छनाैट गरेकाे छ । पालिलकामा भने प्रमुख तथा उपप्रमुख छनाैटमा एमालेमा सकस छ । नेताहरुका एसम्यान उम्मेदवार बनाउन दाउपेच, गठबन्धन हुँदा चुनाव लड्न पैसावाल नेता खाेज्ने कारण पनि एमालेमा उम्मेदवार छनाैट पेचिलाे बनेकाे छ ।

    एमालेमा चिशंखुगढी, लिखु, चम्पादेवी र सुनकाेसीमा व्यापारी नेताहरु टिकटकाे दाैडमा छन् । उनीहरुलाई शिर्ष नेताहरुले बाेकेका छन् । पार्टीमा व्यापारीहरुकाे हावी भएकाे भन्दै असन्तुष्टि बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस