२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

एकिकृत समाजवादीका दुई केन्द्रीय नेता स्थानीय तहकाे चुनावी मैदानमा

  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढु‌ंगा-  नेकपा एकिकृत समाजवादीका दुई केन्द्रीय नेता स्थानीय तहकाे निर्वाचनमा चुनावी मैदानमा हाेमिएका छन् । केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज तथा केन्द्रीय सदस्य नेत्रप्रसाद भट्टराई लिखु गाउँपालिकाकाे अध्यक्षकाे उम्मेदवार बनेका छन् ।

    अर्का केन्द्रीय सदस्य निर्मला श्रेष्ठ सिद्धिचरण नगरपालिकाकाे उपप्रमुखकाे प्रत्यासी छन् । दुवै नेताले पार्टीबाट प्रदेश तथा संघीय स‌ंसदकाे टिकट पाउने अवस्था भए पनि स्थानीय सरकार संघियताकाे जग भएकाे र याे सरकारलाई पारदर्शी, शुशासनयुक्त र बलियाे बनाउन सक्षम नेतृत्व आवश्यक भएकाले पुराना, निष्ठावान र  अनुभवी नेतृत्व जरुरी भएकाले केन्द्रीय नेताहरु चुनावी मैदानमा हाेमिएकाे जिल्ला कमिटी उप सचिव तथा माेलुङ गाउँपालिकामा अध्यक्षका उम्मेदवार दीपक फुयलले बताए ।

    उनका अनुसार पार्टीले निर्वाचन जित्न सक्ने अवस्था र स्थानीय तहमा देखिएकाे वेतिथि सुधार्न असल नेतृत्व चाहिएकाले केन्द्रीय नेतृत्व नै चुनावी मैदानमा उतारेकाे उनले बताए । भट्टराई ओखलढु‌ंगाकाे कम्युनिष्ट आन्दाेलन र खासगरी एमालेकाे स्थापना कालदेखिकै नेता हुन् । हाल एकिकृत समाजवादीकाे केन्द्रीय सदस्य छन् ।

    लिखु गाउँपालिका ६ गाम्नाङटारका स्थायी बासिन्दा उनी जिल्लाकै कम्युनिष्ट आन्दाेलनका निष्ठावान् नेता र लिखुकाे संस्थापकका रुपमा स्थापित छन् । उनी नेकपामा देखिएकाे अराजकता र व्यक्तिवादी शैलीका कारण समाजवादीतिर लागे पनि कम्युनिष्ट आन्दाेलनकाे एकता र सुद्धिकरणकाे पक्षमा छन् ।

    उनले आफ्नाे उम्मेदवारीबारे जिल्लाकाे कम्युनिष्ट आन्दाेलनलाई निष्ठा, विचारबाट निर्देशित र एकिकृत गर्न,  अझ कम्युनिष्ट आन्दाेलनकाे उद्गमस्थलकाे रुपमा रहेकाे लिखुबाटै एकिकृत गर्दै अभिभावकत्व प्रदान गर्न चुनावी मैदानमा हाेमिएकाे बताएका छन् ।

    त्यस्तै केन्द्रीय  सदस्य निर्मला श्रेष्ठ शशक्त महिला नेतृत्व स्थापित गर्न, सामाजिक न्याय र बजेट तथा नीति निर्माण तहमा महिलाकाे शशक्त उपस्थिति जनाउन उप प्रमुख पदमा उम्मेदवार बनेकाे बताइन् । दुवै नेताहरुले संघीयतालाई बजबुद  बनाउन सक्षम र निष्ठावान् नेतृत्वकाे आवश्यकतामा जाेड दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस