२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

मेयरका स्वतन्त्र उम्मेदवार सिताराम गुरुङका यस्ता छन् चनावी एजेण्डा

  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  एमालेका स्थापित र पुराना नेता सीताराम गुरुङ यतिबेला पार्टीबाट विद्राेह गरेर सिद्धिचरण नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका छन् । उनले चुनाव चिह्न समेत पाइ सकेका छन् ।

    चुनावी प्रचार कार्यालय समेत स्थापना गरेर उनी प्रचार अभियानमा लागेका छन् । एमाले नेतृत्व चरम अवसरवाद, व्यक्तिवाद  कम्युनिष्ट आदर्श छाडेर अघि बढ्न लागेकाले विद्राेह गरेर उम्मेदवार बनेकाे उनले बताए ।

    नगरपालिका नगरपालिकाकाे स्वरुप र  पद्धति  अनुसार चलाउन अनुभवी नेतृत्व जरुरी रहेकाे उनकाे भनाइ छ । उनी २०४२ सालमा नेकपा चाैम बाट राजनीति शुरु गरेका उनी २०५४ सालकाे स्थानीय निर्वाचनमा रुम्जाटार गाविसका अध्यक्ष थिए ।

    एमालेकाे विभिन्न तहमा रहेर ३७ वर्ष पार्टी राजनीति गरेका उनी एमालेले स्थानीय तहकाे निर्वाचन २०७४ र २०७९ मा पाखा लगाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

    यस्ता छन् उनका चुनावी एजेण्डा

    प्रतिक्रिया दिनुहोस