२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

कलमबाहक वडा अध्यक्षका उम्मेदवार नवराज रम्तेलका यस्ता छन् घाेषणा

  • २०७९ बैशाख १९, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं २ का वडा अध्यक्षका उम्मेदवार नवराज रम्तेलले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनी नेकपा एकिकृत समाजवादीबाट कलम चिन्ह लिएर चुनावी मैदानमा छन् ।

    नगरपालिकाकाे वडा नं २ मा  मेयरका उम्मेदवार तिलक लाेहनी सहित उनीहरु चुनावी मैदानमा छन् । उनीहरुले वडामा चुनाव जित्ने गरि तयारि गरेकाे बताए ।

    वडा अध्यक्षका उम्मेदवार रम्तेलले २० बुँदे प्रतिबद्धता जनाउदै समृद्ध वडा निर्माण गर्ने जनाएका छन् । उनले निर्वाचित भए कुनै सेवा सुविधा नलिने समेत घाेषणा गरेका छन् ।

    उनका प्रतिबद्धता यस्ता छन् 

     म वडा अध्यक्ष को उमेद्वार नबराज रमतेल मेरो वडा मेरो घोषणा पत्र र प्रतिबद्धता

    १. स्वस्थ जीवन यापन गर्न ठूलाछापका टोलटोलमा ध्यान केन्द्र र ब्यायामशाला हुने छ र वडा स्वास्थ्य कार्यलय निशन्खेलाइ स्तर उन्नति गरि न्यूनतम १५ बेडको स्वास्थ्य कार्यलय बनाइने छ।

    २. शिक्षा का लागी प्राविधिक शिक्षालय वडा आफैले सन्चालन गर्ने छ र सरकारी स्कूल हरुमा English मीडियम र नेपाली मीडियम मा कक्षा १२ सम्म निःशुल्क शिक्षा को ब्यबस्था गरिने छ साथै उमाकटवाल क्याम्पसलाई स्नातकोत्तर सम्म पढाइ हुने ब्याबस्थाको लागि पहल गरिने छ।

    ३.ठूलाछाप वडाका निशन्खे बजार लगायत अतिक्रमित सरकारी जमिनको खोजि गरि सरकारको माताहतमा ल्याउने र ठूलाछापका गरिब र निम्नबर्गका समुदायलाई बाजो रहेका जग्गा उपलब्ध गराई जसको जोत उसैको पोत गराउन सक्दो पहल गर्ने।

    ४. ठूलाछापका धार्मिक तथा पर्यटकिय क्षेत्र को सम्रक्षण तथा प्रबन्धन गरिने छ।

    ५. ठूलाछापमा आवासीय कृषिऔद्योगिकिकरण गर्न बाजोरहेको तथा खेतिभैरहेको योग्य जमिनको माटो परिक्षण यकिन गरि छुट्टै कानुन निर्माण गरि सोहि अनुसार किसानलाई मल बिउबिजन र आधुनिक कृषि उपकरण उपलब्ध गराइ ठुलाछापलाइ आत्मनिर्भर गराइने छ।

    ६. ब्यबसायीक कृषिऔद्योगिकिकरण गर्न साना कृषिउद्योग सन्चालन गरिने छ।

    ७. स्वास्थ्य का लागी खेलकुद नारा हुनेछ स्थानिय रैथाने खेल को समरक्षण गरिने छ।

    ८.वडा स्तरिय राष्ट्रीय पार्टीहरुको राजनैतिक सम्यन्त्र बनाउने छु।

    ९. वडा स्तरिय योजना मा ६० /४० को ब्यबस्था खारेज गरि ८०/२० बनाइने छ।

    १०. ठुलाछापमा विभिन्न योजनामा भैइरहेको भ्रष्टचारको सत्यतथ्य छानबिन गरि अख्तियार दुरुपयोग अनुसन्धानमा छानबिनको लागि निबेदन गरिने छ; भ्रष्टचारी हाम्रो प्रमुख सत्रु हुने छन।

    ११. ठूलाछापमा खनेका टोलटोलका रोडकोबाटोहरुमा उचित बर्खेपानी(ढल) निकासी गर्न साइडका खोल्साखोल्सिमा पानी लगाइ सिस्नेखोला तिर सहज तरिकाले जाने बनाइने छ साथै रोडबाटोहरुको साइडमा रुख हरु रोपिने छन ।

    १२. छरछरे देखि निशन्खे, निशन्खे बानियाछाप र छरछरे चुहान्छाप कालोपत्रे सहित सडक बत्तिको प्रयोग गर्न पहल गरिने छ ।

    १३. बिजुलिबाट खाना पकाउन प्रयोग हुने इन्डेक्स चुलो बाँट खाना पकाउने घरलाइ बिजुलि मा ३० % discount गर्न पहल गरिने छ र साथै दाउराबाट धुवारहित चुलो प्रत्येक घरमा निशुल्क निर्माण गरिने छ।

    १४.ठूलाछाप वडाभरिका कृषि जन्य सामाग्रि वडा आफैले खरिद गरि बिकृबितरण गर्न वडा आफैले भन्डारण तथा चिस्यानको ब्यबस्था गरिने छ।

    १५. ज्ञान तथा शिपमुलक छोटा अबधिका तामिल निःशुल्क सन्चालन गरि दक्ष जनशक्ति उत्पादन गरिने छ।

    १६. बुढाबुढी तथा केटाकेटिको स्वास्थ्य हेरचाहाका लागी निःशुल्क स्वास्थ्य घुम्तिसिबिर महिनै पिक्षे टोलटोलमा राखिने छ।

    १७. ठूलाछाप वडा नम्बर 2 को गुरुयौजना निर्माण गरिने छ।

    १८. युवा लाइ बिदेश जानबाट रोक्न job bank को निर्माण

    गरि शिप र दक्षताका आधारमा रोजगारि दिइने छ।

    १९.ठूलाछाप वडामा प्रत्येक घरलाई एक घर एक धारा खानेपानी बितरण गरिनेछ। नगदेबालिको लागि हरेक टोलमा प्रर्याप्त प्लास्टिक पोखरी निर्माण गरिनुका सथै खेतियोग्य जमिनमा सिचाइ कुलो सहित ठुलठुला पोखरीहरु निर्माण गर्न पहल गरिनेछ।

    २०. वडा अध्यक्ष भए वापत दिइने राज्यको कुनै सेवा सुबिधा लिने छैन र त्यस बापत आउने रकम असाहय,पिडित,महिला तथा बालबालिकाको स्वास्थ्य तथा खानपानमा गरिने स्व घोषणा गर्दछु l

    प्रतिक्रिया दिनुहोस