२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

फरार सूचिका एमाले उम्मेदवार विष्ट घरदैलाेमा व्यस्त, प्रहरी भन्छ खाेजी हुन्छ

  • २०७९ बैशाख २१, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- स्थानीय तह निर्वाचन २०७९ का लागि लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्ट विरुद्ध पक्राउ पुर्जी जारी भएर प्रहरी सूचिमा फरार अभियुक्त छन् ।

    उनलाई एमालेले उम्मेदवार बनाएर भाेट माग्न हिडिरहेकाे छ । प्रहरीले दाेहाेराे नागिरकता र बैंकिङ कसुरमा खाेजी गरिरहेकाे र निज फरार रहेकाे जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी सुकदेव खनालले अभियुक्त फरार रहेकाे बताए । उनले कानुन कार्यन्वयन हुने पनि बताए पनि वारेन्ट जारी भएर फरार भनिएका अभियुक्त खुलेआम भाेट माग्न व्यस्त छन् ।

    प्रहरीले फरार भने पनि एमाले नेताहरु बालकृष्ण ढुंगेल, नानीबाबु बुढाथाेकी, शेखर भट्टराई, प्रेमप्रसाद भट्टराई लगायतले उम्मेदवार विष्टलाई लिएर चुनाव प्रचार अभियानमा जुटेका छन् । उनी  बुधबार लिखु गाउँपालिकाकाे गाम्नाङटारमा घरदैलाे सहभागी थिए । साेमबार टारकेराबारीमा सभामा सहभागी थिए ।

    वडा वडाका चुनावी कार्यक्रम शुरु भएका एमाले लिखुका ईञ्चार्ज प्रेम प्रसाद भट्टराईले बताए । उनले बुधबार गाम्नाङटारमा कार्यक्रम सकेर अरु वडाका लागि उम्मेदवारहरु घरदैलाेमा जुटेकाे बताए ।

     

    प्रतिक्रिया दिनुहोस