२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

घरदैलाेमा दलहरु, भाेट माग्न नाचगान

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ‌ओखलढुंगा- स्थानीय तहकाे निवार्चनमा मतदानकाे समय नजिकिदै गर्दा दलहरु घरदैलाेमा जुटेका छन् । नेकपा एमाले, माओवादी-काँग्रेस गठबन्धन, नेकपा एकिकृत समाजवादी र जसपा मतदाताका माझ पुग्न थालेका छन् ।

    दलका नेताहरु उम्मेदवारसहित भाेट माग्न कतै चुनावि सभा कतै घरदैलाेमा व्यस्त भएका छन् । सदरमुकाममा दैनिक जसाे घरदैलाे हुने गरेकाे छ । बुधबार माओवादी-काँग्रेस गठबन्धनले नाचगीत सहित घरदैलाे गर्याे । विहीबार एमालेले नाचगानसहित घरदैलाे गर्याे ।

    मतदाता प्रभािवत गर्न सांस्कृतिक कार्यक्रम समेत लिएर उनीहरु मतदाता समक्ष पुग्न थालेका हुन् । मुद्दा र एजेण्डा भन्दा पनि व्यक्तिकाे प्रचारमा गर्दै चुनाव चिन्हकाे प्रचार गर्दै नेता कार्यकर्ता भाेट माग्दै छन् ।

    साना दलहरु नेकपा एकिकृत समाजवादी र जसपा पनि चुनावी मैदानमा छन् । सत्ता गठबन्धन बाहिर रहेका यी दलहरु पनि चुनावि मैदानमा छन् । जसपाले मानेभञ्ज्याङ्मा एमालेसँग गठबन्धन गरेकाे छ । एकिकृत समाजवादी एक्लै चुनावी मैदानमा छ । दुवै दलहरु मतदातामाझ घरदैलाे गरेर पुग्ने क्रममा रहेकाे नेकपा एसका चिशंखुगढीका अध्यक्ष पदका उम्मेदवार शारदा निराैलाले बताइन् ।

    सबै गाउँमा घरदैलाे बाटै मतदाता भेट्ने याेजनामा रहेका माेलुङ गाउँपालिककाका कलम चिन्हबाहक नेकपा एसका अध्यक्षका प्रत्यासी दिपक फुयल तामझामभन्दा एजेण्डा लिएर जनता माझ पुगेकाे बताउँछन् ।

    मतमाग्न नेता कार्यकर्ता र उम्मेदवार घुम्नथालेपछि गाउँमा चुनावी राैनक बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस