२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

निर्वाचन आचारसंहिता मिचेर चुनावी प्रचार, अनुगमन समिति रमिते

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  जिल्लामा ठुला राजनीतिक दलहरुकाे चुनावी प्रचार भड्किलाे देखिएकाे छ । काँग्रेस एमाले जस्ता ठूला दल निर्वाचन आचार स‌ंहिता मिचेर चुनावी प्रचारमा छन् ।

    झण्डा व्यानरकाे प्रयाेग र उम्मेदवाहरुले ताेकिएभन्दा बढी सवारि साधन प्रयाेगले चुनाव भड्किलाे बनेकाे मात्रै छैन ध्वनी प्रदुषण हुने गरि बजार क्षेत्रमा ठुला ठुला स्पीकर प्रयाेग गरेर समस्या समेत हुने गरेकाे छ ।

    निर्वाचन आचार स‌हिता अनुगमन समित जिल्लामा बने पनि समिति मूक दर्शक बनेकाे पाइएकाे छ । तुल ब्यानर र झण्डाले सदरमुकाम कुरुप बनेकाे छ । माओवादी कांग्रेस र एमालेले आचार संहिताकाे उलंघन गर्ने देखि भाषणमा गाली गलाैज गर्ने कामलाइ निरन्तरता दिएका हुन् ।

    वडाका उम्मेदवारले समेत ३ देखि ४ वटा सम्म चार पांग्रे सवारी प्रयाेग गरिरहेका छन् । प्रमुख र उपप्रमुखका उम्मेदवारले मतदाता प्रभावित गर्न माेवाइल वितरण र साँझकाे भाेज समेत लाउन थालेकाे गुनासा आए पनि अनुगमन गर्ने र सचेत गराउने काम भने कतै भएकाे छैन ।

    पालिकाका कर्मचारी र शिक्षकहरु दलका नेताहरुलाई भाेट माग्न कार्यालय समयमै हिडिरहेका छन् । कतिपय चुनावमा खटाइने कर्मचारी समेत संलग्न भएकाे साना दलका उम्मेदवाहरुले गुनासाे गरेका छन् । कतिपय उम्मेदवार भाेट माग्न बालबािलका समेत प्रयाेग गरिरहेका छन् ।

    ठूलालाई आचारसंहिता नलाग्ने अरुलाई लाग्ने अवस्था रहेकाे भन्दै आक्राेस पाेख्न थालेका छन् । यसरी निर्वाचन आचार स‌ंहिताकाे चरम उल‌ंघन भए  पनि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले अनुगमन गरेकाे छैन ।

    यसबारे ओखलढु‌ंगाका प्रमुख निर्वाचन अधिकृत दलबहादुर केशीले  कामले अनुगमनकाे काम गर्न नभ्याइएकाे बताए ।

     भिडियाेमा हेराैं 

     

    प्रतिक्रिया दिनुहोस