२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

चम्पादेवीमा कमल खड्काकाे मिसन: विकास र सुशासन, स्वास्थ्य, शिक्षा र राेजगार

  • २०७९ बैशाख २४, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लामाे समय एमालेकाे राजनीतिमा विताएका युवा कमल खड्का अहिले नेकपा एका जिल्ला उपसचिव छन् । उनी आशन्न ३० वैशाखकाे स्थानीय तह निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुखका उम्मेदवार हुन् ।

    उनी कृषि उद्यमीका रुपमा समेत परिचित शिक्षित युवा हुन् । गाउँपालिकामा माैलाएकाे भ्रष्टाचार र वेतिथि विरुद्ध नागरिककाे तहबाट खबरदारी गर्दै आएका उनी पालिकामा फेरि पुरानै आर्थिक अनियमिततामा मुचिएका नेताहरु अन्य दलबाट उम्मेदवार भए पछि त्यस्ता नेतृत्व आए  पालिका विकासका दृष्टिले झन पछि पर्ने निचाेड निकालेर सुशासन र विकासकाे मूल नारा लिएर चुनावी मैदानका छन् ।

    उनले पालिकामा २५  शैयाकाे सुविधा सम्पन्न अस्पताल, स्वास्थ्यचाैकीकाे स्तराेन्नती, प्रसुति तथा मातृशिशु स्याहार केन्द्र स्थापना, वहुप्राविधिक शिक्षालय  स्थापना, बहुमुखी क्याम्पस सञ्चालन, कृषि उपज संकलन तथा वजारीकरण पालिकाबाट हुने, वडा वडामा कृषि हाटबजार व्यवस्थापन, कृषि र घरेलु उद्यममा लगानीकाे सुनिश्चितता लगायतका विषयलाई मुख्य मुद्दाका रुपमा अघि सारेर चुनावी मैदानमा छन् ।

    घरदैलाेमा व्यस्त उनी भन्छन्, ‘मुद्दा जनताले मन पराएका छन् प्रतिबद्धता र सामाजिक याेगदानकाे हिसाब जनताले गर्नेमा ढुक्क छु ।’ ठाेस मुद्दा विना हावादारी भाषणमा अन्य दलहरुले जनता भूलाएकाे उनकाे भनाइ छ ।

    हेराैं कलम बाहक उम्मेदवार कमल खड्काका चम्पादेवी बनाउने घाेषणा

     

    प्रतिक्रिया दिनुहोस