२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार कलाकार कल्याण राईका रुम्जाटार सपना

  • २०७९ बैशाख २४, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चर्चित लाेकगायक तथा कलाकार कल्याण राईले स्वतन्त्र वडा अध्यक्ष पदमा उम्मेदवार दिएपछि देशमै चर्चा चुलिएकाे छ । उनले वडा अध्यक्षमा उम्म्दवारी दिएर चुनावी प्रचारलाई तीब्र पारेका छन् ।

    उनले रुम्जाटार केही व्यक्तिकाे इशारामा मात्रै चल्ने दास मनाेवृत्ति विरुद्ध आफ्नाे उम्मेदवारी भनेका छन् । पाँच वर्षदेखि नियमित रुम्जाटार घरैमा बसेर सामाजिक काम गर्दै आएका राईका रुम्जाटार सपना प्रतिबद्धता पत्रबाट बाहिर ल्याएका छन् ।

    वडाकाे पूर्वाधार विकास देखि कला साहित्य स‌ंस्कृति र मानवता र मानवीय भावकाे विकासका लागि याेजना प्रस्तुत गरेका छन् । परम्परा, रितिरिवाज, संरक्षण र विकास उनका प्रथामिकता छन् ।

    राईले रुम्जाटारलाई धार्मीक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने याेजना ल्याएका छन् । एमालेले आफ्नाे विरासत ठान्दै आएकाे रुम्जाटारमा राइकाे उम्मेदवारीले दलीय राजनीतिमा टाउकाे दुखाइकाे विषय बनेकाे छन् ।

    सधैं एकै व्यक्तिलाई मात्र भाेट हाल्नु पर्ने बाध्यता याे पटक राईकाे उम्मेदवारीबाट रुम्जाटारेलीहरुले विकल्प  पाएका छन् । उनले एमालेकाे आधा भाेट काट्ने अनुमान छ । वडा अध्यक्षमा आफु विजयी हुने राईकाे बताएका छन् ।

    हेराैं उनका प्रतिबद्धता पत्र 

    प्रतिक्रिया दिनुहोस