२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

गठबन्धन र एमाले विरुद्ध यमचन्द्र र नरेन्द्र भिड्दै

  • २०७९ बैशाख २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्लामा एमाले र माओवादि-कांग्रेस गठबन्धनका उम्मेदवारसँग नेकपा एसका नेताहरु एकल प्रतिस्पर्धामा छन् । उनीहरु ठूला दल र त्यसमा पनि सत्ता जाेगाउन गरिएकाे गठबन्धन सँग एकम मैदानमा उत्रिएका हुन् ।

    त्यस्तै नेताहरुमा पर्छन्  नेकपा एस का जिल्ला सचिव नरेन्द्र श्रेष्ठ र नेता यमचन्द्र कट्वाल  । उनीहरु गठबन्धनमा माओवादी कांग्रेसकाे सिन्डिकेट र एमालेकाे अतिवाद विरुद्ध मैदानमा छन् ।

    कट्वाल सुनकाेसी पालिका प्रमुख र श्रेष्ठ वडा नं ३ काे वडा अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । उनीहरुले गठबन्धनमा माओवादी कांग्रेसकाे सिन्डिकेट र एमालेकाे अतिवाद ताेड्न मैदानमा उत्रिएकाे सन्देश दिएका छन् । उपाध्यक्षमा पालती राई मैदानमा छिन् ।

    एमालेकाे अतिवाद विरुद्धकाे विद्राेहबाट स्थापित पार्टी नेकपा एकिकृत समाजवादी  गठबन्धनमा माओवादी कांग्रेसकाे सिन्डिकेट ताेड्न मैदानमा खडा भएकाे छ ।

    पाँचदलिय गठबन्धन छाेडेर पद प्राप्तिका लागि मध्यरातमा सुटुक्क तालमेल गरेका माओवादी-कांग्रेसका उम्मेदवारसँग भिड्न खडा भएका एसका नेताहरुले धेरै ठाउँमा नतिजा उलटपुलट पार्ने नेकपा एसका जिल्ला उापध्यक्ष मेख बहादुर खड्काले बताए ।

    केही वडासहित प्रतिस्पर्धामा रहेका नेकपा एसका नेताहरुले वडा तहमा जित हात पार्ने र पालिकामा निर्णायक उपस्थिति जनाउने गरि चुनावी मैदानमा खटेका छन् ।

    प्रतिक्रिया दिनुहोस