२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
नेकपा एस: घरदैलाे अभियानमा

मतदाता भेट्न ६ स्थानीय तहका उम्मदेवार मतदाताकाे घरघरै

  • २०७९ बैशाख २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीका स्थानीय तहका उम्मेदवाहरुले घरदैलाे अभियानबाट मतदाता भेट्न थालेका छन् । चिशंखुगढीदेखि लिखुसम्मका उम्मेदवार घरदैलाेमा जुटेका छन् ।

    ठूला दल तामझाम र सभामा जुटेका बेला नेकपा एस भने घरघरै पुगेर मतदाता भेट्ने र उम्मेदवारका एजेण्डा बुझाउने काममा जुटेकाे नेकपा एसका जिल्ला अध्यक्ष ह‌ंशराज वाग्लेले बताए ।

    नगरपालिकामा अध्यक्ष वाग्लेकाे नेतृत्वमा नगर प्रमुखका उम्मेवार तिलक लाेहनी, उप प्रमुखका उम्मेदवार निर्मला श्रेष्ठ. जिल्ला उपाध्यक्ष मेख बहादुर खड्का लगायतका नेताहरु जुटेका छन् । वडा न‌ं १ र २ तथा ११ र १२ सम्पन्न भएकाे र अन्य वडामा उम्मेदवाहरु घरघरै पुग्ने उपाध्यक्ष खड्काले बताए ।

    चिशंखुगढीमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार शारदा निराैला र कृष्ण बहादुर भूजेल घरदैलाेमा पुगेका छन् । सबै जसाे वडाका गाउँ पुगि सकेकाे उपाध्यक्षका उम्मेदवार भूजेलले बताए ।

    ठूला दलका उम्मेदवारले विगतमा जितेर नागरिकलाई राहत भन्दा बढी आहत दिएकाले मतदाताकाे राम्राे रेस्पाेन्स पाएकाे चिशंखुगढीका अध्यक्ष पदका उम्मेदवार शारदा निराैलाले बताइन् ।

    माेलुङमा अध्यक्ष पदका उम्मेदवार तथा नेता राजन खत्री सहितकाे टाेलटी घरदैलाेमा छ । साेमबार तालकाेटमा भब्य सभा राखिएकाे छ ।

    त्यस्तै चम्पादेवी र सुनकाेसीमा पनि घरदैलाे अभियान जारी छ । सुनकाेसीमा अध्यक्षका उम्मेदवार यमचन्द्र कट्वाल तथा सचिव एव‌ं वडा नं ४ का उम्मेदवार नरेन्द्र श्रेष्ठ मतदाताका घरघरै पुग्न थालेका छन् । मतदाताले चुनाव चिह्न भन्दा एजेण्डा हेरेर मत दिने विश्वास रहेकाे श्रेष्ठले बताए ।

    त्यस्तै चम्पादेवीमा स्वतन्त्र उम्मेदवारहररुसँगकाे सहकार्यमा घरदैलाे थालिएकाे अध्यक्ष पदका उम्मेदवार कमल खड्काले बताए । लिखुमा पनि नेकपा एसका केन्द्रिय सदस्य नेत्र भट्टराइ चुनावी मैदानमा छन् । पार्टी जाेगाउन र अराजकताका विरुद्ध धावा बाेल्न आफै चुनावी मैदानमा हाेमिएका छन् ।

    लिखु कम्युनिष्ट आन्दाेलनकाे मूल आधार पनि हाे । यहाँ एमालेकाे संगठन बलियाे देखिए पनि उक्त संगठन भट्टराईकै अगुवाइमा बनेकाले उनले सवै दलका मतदाता प्रभावित पार्न सक्ने स्थानीय बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस