२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

हाम्रा उम्मेदवार, कार्यकर्तामाथि ‘छड्के आँखा’ले हेरे मात्रै पनि ठेगान लाइन्छ: वाग्ले

  • २०७९ बैशाख २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले आफ्नाे पार्टीका उम्मेदवार नेता कार्यकर्तामाथि धम्कीपूर्ण भाषा प्रयाेग हुन थालेकाे भन्दै त्यसकाे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    उनले माेलुङकाे तालकाेटमा आयाेजित चुनावी सभामा बाेल्दै  निर्वाचन मर्यादित हिसावले लड्ने पार्टीकाे नीति रहेकाे तर कतिपय दल र तिनका नेताले धम्कीकाे भाषा बाेलेकाे भन्दै छड्के आँखाले हेरे मात्रै आफै‌ं प्रतिवादमा उत्रने चेतावनी दिए ।

    उनले भने, यहाँ केही ‘छाेटेडन र तस्कर’हरुकाे फुर्ति बढेकाे देखेकाे छु, तिनका आडमा उफ्रनेहरुलाई सचेत गराउँछु, हाम्रा नेता कार्यकर्ता र उम्मेदवारलाई छुने हाेइन कि छड्के आँखाले हेरे मात्रै पनि ति सँग भिड्न तयार छु ।’

    उनले आक्राेशित हुँदै भने ‘मेरा नेता कार्यकर्ताकाे हातखुट्टा भाँच्ने धम्की दिने छाेटेडनहरुलाई मिनेट भरमा ठेगान लगाउने सामर्थ्य छ ।’ एमालेका केही नेताले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेख खड्कालाई धम्की दिएका थिए ।

    त्यसकाे प्रतिवाद गर्दै वाग्लेले जिल्लाभर कतै पनि नेकपा एसका नेताबिरुद्ध बाेले मात्रै पनि तत्कालै त्यस्ता व्यक्ति ठेगान लगाइने चेतावनी दिए । नेकपा एसले चुनावी अभियानका क्रममा सुरक्षाका लागि छुट्टै टाेली पालिका पालिकामा तयार राखेकाे पनि जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस