२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

मतपेटिका संकलन भईसकेपछि मतगणनाको तय गरिने

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– ओखलढुंगाको आठवटै स्थानीय तहमा मतपेटिका संकलन शुक्रबार राती साँढे ९ बजे सम्म गरिसक्ने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै स्थानीय तहको मतपेटिकाहरु मतगणनास्थलमा संकलन भईसकेपछि सर्वदलीय बैठक बस्नेछ ।

    सर्वदलीय बैठकको निर्णय अनुसार शुक्रबार रातीदेखि नै वा शनिबार बिहानदेखि गणना गर्ने भन्ने विषय टुंगो लाग्ने मूख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताए । आठ स्थानीय तहको ७५ वडामा ७९ वटा मतदानस्थल र १ सय ५० मतदान केन्द्र रहेका थिए ।

    समध्ये चम्पादेवी गाउँपालिकाको ९ नं. वडामा रहेको मिश्रभन्ज्याङ मतदानकेन्द्रमा शुक्रबार बिहान केही विवाद भएको थियो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले ९ राउण्ड हवाई फाइर समेत गरेको थियो । तर दुईघण्टापछि पुन: मतदान सुचारु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस