२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
जिल्ला अपडेट

ओखलढुंगा अपडेटः २३ वडाको परिणाम आउँदा १४ वडामा कांग्रेस विजयी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगाः ओखलढुंगाका ८ स्थानीय तहमा मत गणना जारी रहँदा २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । २३ वडाको परिणाम आउँदा १४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    नेकपा एमालेका ६ र माओवादी केन्द्रका २ जना वडा अध्यक्ष विजयी भएका छन् । त्यस्तै जसपाका एक उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका हुन् । खिजीदेम्वा गाउँपालिकाको वडा नं. २, ३, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी हुँदा वडा नं. १ मा जनता समाजवादीका उम्मेदवार विजयी भए ।

    मानेभञ्ज्याङको वडा नं. १, २, ७ र ८ मा नेपाली काँग्रेसले बाजी मार्दा वडा नं. ९ मा एमालेले जित हात पारेको छ । मोलुङ गाउँपालिकाको वडा नं. २ मा नेपाली काँग्रेस र ७ र ८ मा नेकपा एमालेले जित हात पारेको छ । त्यस्तै लिखु गाउँपालिकामा वडा नं. १ र ९ मा एमाले विजयी भएको छ ।

    सुनकोसीको वडा नं १ र चम्पादेवीको वडा नं. ९ मा नेपाली काँग्रेस विजयी भएको छ भने चिशंखुगढी १ मा माओवादी केन्द्र र ८ नं वडामा नेकपा एमाले विजयी भएको छ । सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाको वडा नं. १, ११ र १२ मा नेपाली कांग्रेस र वडा नं २ मा माओवादी केन्द्र विजयी भएको छ ।

    गणना गरिएका २३ मध्ये २०७४ सालमा जितेका ४ वडा गुमाएको छ । एमालेले गुमाएकामध्ये ३ नेपाली कांग्रेस र १ माओवादी केन्द्रले जितेको छ । मत गणना र मत परिणाम सार्वजनिक गर्न ठिलाइ हुँदा समयमा सुचना पाउन कठिन भएको सञ्चारकर्मीहरुको गुनासो छ ।

    पालिकातर्फ चिशंखुगढीमा माओवादी केन्द्र र लिखुमा एमालेले अग्रता कायम गरेका छन् भने बाँकी छ पालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस