२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

प्रदेश १ सहित ४ वटा प्रदेशमा भारी वर्षा

सांकेतिक तस्वीर
  • २०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं-  बिहीबार दिउँसो देशको विभिन्न चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको हो।

    प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राती भने देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस