२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सरकारवादी फाैजदारीमध्ये ‘बलात्कार सम्बन्धी’ ४० प्रतिशत मुद्दा !

  • २०७९ अषाढ ३१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सगरमाथाका तीन जिल्लामा बलात्कार सम्बन्धी मुद्दा ४० प्रतिशत देखिएको छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दामध्ये झण्डै ४० प्रतिशत मुद्दा बलात्कार सम्बन्धी रहेका छन् ।

    उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशमा आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका सरकारवादी फौजदारी मुद्दामध्ये ३९.७५ प्रतिशत मुद्दा बलात्कार सम्बन्धी रहेका छन् । अदालतमा सरकारीबादी फौजदारी मुद्दा २४४ दर्ता थिए ।

    तीमध्ये ६२ जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग २८, बाल यौन दुरुपयोग ६ र अप्राकृतिक मैथुन १ रहेको अदालतले सार्वजनिक गरेको तथ्यांक छ । सरकारवादी फौजदारी मुद्दामध्ये बलात्कार सम्बन्धी मुद्दा अत्याधिक देखिएको अदालतका वरिष्ठतम् न्यायधीश वीरबहादुर डाँगी बताउँछन् ।

    कानुनी व्यवस्था र हदम्यादका कारण कतिपयले कानुनको दूरुपयोग गर्ने, सहमतिमा भएका सम्बन्धलाई पछि बार्गेनिङ गर्ने, कुरा नमिल्दा उजुरी गर्ने गरेकाले अपराध अनुसन्धान र न्याय निरुपणमा सचेत हुनुपर्ने सरोकारवालाहरुको सुझाव ।

    उनले सञ्चारकर्मीहरुसँग तथ्यांक प्रति लक्षित गर्दै भने ‘यहाँहरुले नै देखि हाल्नुभयो एक वर्षमा सबैभन्दा बढी कुन मुद्दा छन् भन्ने ।’ दर्ताका हिसाबले पनि लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका छन् ।

    अदालतमा कुल दर्ता हुने अनुमान गरिएका २५१ थान मुद्दामा २७४ दर्ता भए । नेपाल बार एसोसिएसन जिल्ला बार इकाइ ओखलढुंगाका अध्यक्ष टुकराज निरौलाले बलात्कार सम्बन्धी मुद्दा वर्षेनी बढेको बताए ।

    उनले यो ट्रन्ड देशभर नै रहेको भन्दै कतिपय मुद्दा असमझदारी वा रिसिइवी साँध्ने हिसाबले दर्ता हुने गरेको उनले अनुभव सुनाए ।

    कानुनी व्यवस्था र हदम्यादका कारण कतिपयले कानुनको दूरुपयोग गर्ने, सहमतिमा भएका सम्बन्धलाई पछि बार्गेनिङ गर्ने , कुरा नमिल्दा उजुरी गर्ने गरेकाले अपराध अनुसन्धान र न्याय निरुपणमा सचेत हुनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस