२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
प्रदेशकाे नाम किरात बारे मुख्यमन्त्री के भन्छन् ?

किराँत प्रदेश नामकरण माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • २०७९ श्रावण २, सोमबार मा प्रकाशित १ साल अघि
  • इटहरी- किराँत राई यायोक्खाले प्रदेश १ को नाम किराँत प्रदेश राख्न माग गर्दै आज सोमबार बृहत मोटरसाइकलर्याली गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।

    प्रदेश १ का १४ वटै जिल्लाबाट भेला भएका किराँत राई यायोक्खाका प्रतिनिधिहरुले प्रदेश नं १ को नाम “किराँत प्रदेश”  राख्न माग गर्दै १ नं. प्रदेशसभा कार्यालयअगाडि घेराउसमेत  गरेका थिए ।

    १ नम्बर प्रदेशको मात्र नामकरण गर्न बाँकी रहेको भन्दै उनीहरुले समग्र प्रदेशवासीको चाहना र पहिचानको आधारमा प्रदेश १ को नाम किराँत प्रदेश हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

    प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेको बेला उनीहरुले आज मोटरसाइकल ¥याली, प्रदेशसभा घेराउ र ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका थिए । यायोक्खाले प्रदेशको नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि घेराउ गरेको हो ।

    १४ जिल्लाबाट भेला भएका उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किराँत हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका थिए । प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नामसमेत टुङ्ग्याउन सकेको छैन ।

    ज्ञापन पत्र बुझेपछि सम्बाेधन गर्दै मुख्यमन्त्री राईले प्रदेशकाे नामाकरणबारे एमाले कांग्रेस र माओवादीकाे विगतकाे निर्णय स्मरण गराउँदै चाँडै नामाकरण हुने बताए । उनले घुमाउराे पारामा विगतमा एमालेले किराँत प्रदेश हुनुपर्नेमा सहमत भएकाे भन्दै अहिले अवराेध गर्न खाेजेकाे अाशय व्यक्त गरेका थिए ।

    उनले यायाेक्खाका प्रतिनिधीहरुलाई तपाइहरुलाई मेराे भावना र विचार पहिचानकाे पक्षमा भएकाे प्रष्ट रहेकाे छ भन्ने थाहा छ भन्दै उनले प्रदेशकाे नामाकरण किरात हुनु पर्नेमा प्रष्ट रहेकाे बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस