२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
सहमतिमा सम्बन्ध, विमति हुँदा करणी

जिल्लामा फौजदारीतर्फ करणी सम्बन्धी ५७ प्रतिशत मुद्दा

  • २०७९ श्रावण ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- अदालतमा आउने सरकारवादी फौजदारी अन्र्तगत गनिने अधिकांश मुद्दा करणी सम्बन्धी रहेको पाइएको छ । अदालतको अभिलेख अनुसार गत आर्थिक वर्षमा दर्ता भएका सरकारवादी फौज्दारी १३६ मुद्दामध्ये ७८ वटा अर्थात ५७ प्रतिशत मुद्दा करणी सम्बन्धी रहेको अदालतका श्रेस्तेदार नविन खनालले बताए ।

    यो तथ्यांकले नेपाली समाज कतै जाँदै छ भन्ने गम्भीर प्रश्न उठाएको बताए । धेरैजसो मुद्दामा पीडितले बयान फेर्ने अर्थात् जाहेरीमा जवरजस्ती करणी भने पनि अदालतमा आउँदा सहमतिमै भएको बताउने गरेका छन् । जिल्ला सरकारी वकील कार्यालय सहन्यायधिवक्ता रविन सापकोटाले ७० पीडित अदालतमा आइपुग्दा होस्टाइल हुने गरेको बताउँछन् ।

    शुरुमा सहमतिमै भएको सम्बन्ध पछि कुरा नमिलेपछि वा सम्बन्ध रहेको कुरा समाजमा प्रश्न उठ्न थालेपछि मुद्दाका रुपमा आउने गरेका मुद्दामा आरोपत पुरुषले सफाइ पाउने गरेका छन् ।

    चिशंखुढी ६ मा करणी गरेको उजुरी गरेकी महिलाको मुद्दामा करणी भएको प्रमाण नै नपुगेर पुरुषले सफाइ पाएका थिए । सो मुद्दामा अदालत पुगेपछि महिलाले नै आरोप मात्रै लगाएको बताएकी थिइन् ।

    त्यस्तै मानेभञ्ज्यांग गाउँपालिकामा एक महिलाले दिएको जाहेरीका आधारमा पक्राउ परेका पुरुषले पनि अदालतमा सहमति मै सम्बन्ध राखेको बताएपछि पुरुषले सफाइ पाए । उनले अदालतमा सहमतिमा सम्पर्क भएको स्वीकारेकी थिइन् । यस्ता दर्जन बढी मुद्दाहरु अदालतमा आउने गरेका अधिवक्ता गुरुवबहादुर बस्नेतले बताए ।

    जाहेरवाला नै अदालतमा पुगेपछि बयान फेर्ने कुराले सम्बन्ध सहमतिमै हुने, पछि कुरा नमिल्दा मुद्दाका रुपमा दर्ता हुने गरेको पुष्टि हुने अधिवक्ता बोधनारायण कट्वालले बताए । जिल्ला अदालतको तथ्यांक अनुसार गत वर्ष २७६ मुद्दा फछ्र्यौट भएकोमा ३४ जवरजस्ती करणीका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस