२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पेशागत महासंघकाे जिल्ला समिति १५ सदस्यीय

  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित १ साल अघि
  • ‌ओखलढुंगा- विभिन्न पेशाकर्मीहरुकाे छाता संगठन पेशागत महासंघ नेपालकाे जिल्ला समिति गठन भएकाे छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुकाे हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेकाे महासंघकाे शनिवार जिल्ला समिति गठन भएकाे हाे ।

    समितिमा सरकारी तथा गैरसरकारी क्षेत्रका सेवामा कार्यरत श्रमिकहरुका संगठनकाे प्रतिनिधित्वसिहत समित गठन भएकाे हाे । समितिकाे संयाेजकमा पत्रकार शिवप्रसाद ढुंगाना चयन भएका छन् । समिति १५ सदस्यीय रहेकाे छ ।

    उपाध्यक्षमा निजामति कमर्चारीहरुकाे संगठनकाे प्रतिनिधीत्व गर्दै मात्रिका खतिवडा, सचिवमा विद्यालय कर्मचारी  भेषराज खड्का  रहेका छन् । समितिमा निजामति कर्मचारी शिक्षक वकील तथा अन्य विभिन्न पेशाकर्मीकाे संगठन तथा ट्रेड युनियन संगठनका प्रतिनिधित्व रहेकाे छ ।

    सरकारी तथा निजी क्षेत्रका पेशाकर्मीहरु र तिनिहरुका ट्र्रेडयुनियन संस्थाहरुकाे छाता स‌ंगठन भएकाले सबै खाले पेशाकर्मीका समस्या तथा हकहितका पक्षमा काम गर्न  र सामुहिक साैदावाजीका लागि सहजीकरण गर्न महासंघले काम गर्ने अध्यक्ष ढुंगानाले बताए ।

    समिति गठन महास‌ंघका प्रदेश १ ईञ्चार्ज वरिष्ठ अधिवक्ता शंकर सुवेदीकाे प्रमुख आतिथ्य, प्रदेश १ का महासचिव उमेश मास्के तथा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष कमल तिम्सिना, महासंघका केन्द्रीय सदस्य मेख बहादुर खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस