२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

निर्वाचनमा उम्मेदवार छनौटः तीन सिटमा प्रत्यक्षतर्फ ५४ सिफारिस

  • २०७९ भाद्र २४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रतिनिधि सभामा १ र प्रदेशसभाका २ गरि ३ सिटमा जिल्लाबाट ५४ जना सिफारिस भएका छन् । उनीहरु पाँच दलको तर्फबाट सिफारिस भएका हुन् । समानुपातिक तर्फ ७४ छन् ।

    संघीय प्रतिनिधी सभामा माओवादी केन्द्र र जसपाले एकल नाम पठाए पनि गठबन्धनमा रहेकाले सो सिट उनीहरुले पाउने संभावना निकै कम छ ।

    संघमा एकिकृत समाजवादीले ३ एमालेले ३ तथा कांग्रेसले ४ जनाको नाम सिफारिस गरे पनि प्रदेशमा दर्जनसम्म सिफारिस भएका छन् ।
    गठबन्धन दलबीच कस कसले कुन सिट पाउने भन्ने यकीन नभएकाले अन्यौल छ भने एमालेको पनि कसले टिकट पाउने टुंगो छैन ।

    प्रतिक्रिया दिनुहोस