२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

तालकाेटमा प्रहरी चाैकी

  • २०७९ आश्विन ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  मोलुङ गाउFपालिका वडा न ७ ताल्कोट मा अस्थायी प्रहरी चौकी स्थापना भएकाे छ । साेमबार प्रहरी हबल्दार गाेविन्द काफ्लेकाे नेतृत्वमा चाैकी स्थापना भएकाे हाे ।

    पालिकाका सबैभन्दा दुर्गम वडाका रुपमा परिचित साे वडामा विगत लामाे समयदेखि चाैकी स्थापनाकाे माग हुँदै आएकाे थियाे । हाल अस्थायी रुपमा स्थापना भएकाे चाैकीलाई पूर्वाधार निर्माण तथा स्थायी बनाउने काम हुने वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए ।

    शान्ति सुरक्षाका लागि चाैकी माग भएकाे लामाे समयमा याेजना पुरा भएकाे भन्दै वडा अध्यक्ष सुनुवारले साे काम पुरा गर्न सहयाेग र सहजिकरण गर्ने  सांसद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ,  प्रहरी नायव उपरीक्षक सुकदेव खनाल, मोलुङ गाउपालिका अध्यक्ष उत्तम राई,  उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत सरोज थापा लगायतई धन्यावाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस