२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

क–कसले दर्ता गरे ओखलढुंगामा संघ र प्रदेशमा मनोनयन (हेर्नुस सूचीसहित)

  • २०७९ आश्विन २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– प्रतिनिधिसभा र प्रदेशसभामा ओखलढुंगामा आईतबार मनोनयन दर्ता भएका छन् । प्रतिनिधिसभामा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये एकजना स्वतन्त्र उम्मेद्वारी परेको छ । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सात जनाको उम्मेद्वारी परेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा आठ जनाले उम्मेद्वारी दिएका छन् । एकजनाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।


    सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको प्रतिनिधिसभाका उम्मेद्वार रामहरि खतिवडा र प्रदेशसभा ‘क’ का उम्मेद्वार प्रदीपकुमार सुनुवार काठमाडौंबाट आउन नभ्याएपछि वारेस मार्फत उम्मेद्वारी दर्ता गराएका थिए । गठबन्धनको प्रदेशसभा ‘ख’ का उम्मेद्वार बाबुराम गौतम भने आफै उपस्थित भई उम्मेद्वारी दर्ता गराए ।

    प्रतिनिधिसभाका उम्मेद्वारहरु
    १. बिर्जबहादुर मगर – मंगोल नेशनल अर्गनाईजेशन
    २. शोभा कार्की – राष्ट्रिय स्वतन्त्र पार्टी
    ३. यज्ञराज सुनुवार – नेकपा एमाले
    ४. कुमार तामाङ – नेपाल मजदुर किसान पार्टी
    ५. हर्कबहादुर खड्का – स्वतन्त्र
    ६. रामहरि खतिवडा – नेपाली काँग्रेस
    ७. डिकप्रसाद बास्तोला – राप्रपा नेपाल
    ८. जुद्धबहादुर राई – जसपा नेपाल
    ९. योगेन्द्र बस्नेत– नेकपा एकीकृत समाजवादी
    १०. ङिमा लमु शेर्पा – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

    प्रदेशसभा निर्वाचन क्षेत्र क
    १. नवराज खत्री – नेमकिपा
    २. अम्बिरबाबु गुरुङ – नेकपा एमाले
    ३. लाक्पा शेर्पा – मंगोल नेशनल अर्गनाईजेशन
    ४. प्रदीपकुमार सुनुवार – नेपाली काँग्रेस
    ५. खेमराज खड्का – जसपा नेपाल
    ६. देवराज दाहाल– एकीकृत समाजवादी
    ७. सानुराम दाहाल– राप्रपा नेपाल

    प्रदेशसभा निर्वाचन क्षेत्र ख
    १. ज्ञानबहादुर खड्का – नेकपा एमाले
    २. बुद्धिमान राई – मंगोल नेशनल अर्गनाईजेशन
    ३. टंकनाथ अधिकारी – स्वतन्त्र
    ४. पुष्पराज पोख्रेल – राप्रपा नेपाल
    ५. बाबुराम गौतम – नेकपा माओवादी केन्द्र
    ६. शान्तबहादुर विक – जसपा नेपाल
    ७. हिराबहादुर कटवाल– हाम्रो नेपाली पार्टी
    ८. कमलबहादुर खड्का – एकीकृत समाजवादी

    प्रतिक्रिया दिनुहोस