२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

गठबन्धन छाेडेर एकिकृत समाजवादी एक्लै चुनावी मैदानमा

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढु‌ंगा- नेकपा एकिकृत समाजवादीले गठबन्धनमा सिट नपाएपछि एक्लै चुनावी तयारी थालेकाे छ । गठबन्धनमा कांग्रेस माओवादीले सिट नदिएपछि उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा हाेमिएकाे हाे ।

    गठबन्धनमा रहेका दुइ दलले उम्मेदवार दर्ता गर्ने दिन २ बजेसम्म गठबन्धनकाे सहयात्री दल नेकपा एससँग कुनै सल्लाह र छलफल समेत नगरि एकल हिसावले उम्मेदवार दर्ता गरेपछि ४ बजे समाजवादीका नेताहरु उम्मेदवार दर्ता गर्न पुगेका थिए ।

    जिल्ला स्तरीय संयन्त्र, चुनाव परिचालन र प्रचार समिति, उम्मेदवारी दर्ता लगायतबारे कांग्रेस माओवादीले एक्ला एक्लै मनाेनय दर्ता गरेपछि पार्टिकाे निर्णय अनुसार मनाेनय दर्ता गरेकाे नेकपा एसका जिल्ला सचिवालय सदस्य राजन खत्रीले बताए । उनले भने, ‘हामी कसैकाे बैशाखी मात्रै हाेइन गठबन्धनमा अपमानित भएर बस्न सकिदैन, हामी अझै खुल्ला छाैं उनीहरुकाे रवैयाका आधारमा थप कदम चालिन्छ ।’

    यस्ता छन् उम्मेदवार

    नेकपा एसले प्रतिनिधी सभामा  प्रदेश कमिटी सदस्य याेगेन्द्र वस्नेत  (अमृत समगर), प्रदेश क मा जिल्ला खेलकुद महासंघका अध्यक्ष तथा खेलाडी देबराज दाहाल र प्रदेश ख मा जिल्ला कमिटी उप सचिव कमल खड्का लाई उम्मेदवार बनाएकाे छ ।

    उम्मेदवारी दर्तापछि नेकपा एसका जिल्ला इञ्चार्ज नेत्र भट्टराईले विद्राेहका सिपाहीले स्वाभिमानकाे झण्डा उठाएकाे टिप्पणी गरे ।

     

    प्रतिक्रिया दिनुहोस